१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को संशोधन गर्नुपर्ने माग

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को संशोधन गर्नुपर्ने माग
सांकेतिक तस्बिर
अ अ+ अ-

काठमाडौँ । खुला सिमानाको प्रभावकारी अनुगमन तथा व्यवस्थापन गरी मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न सरकारसँग माग गरिएको छ ।

शक्ति समूह र एटबिनद्वारा यही फागुन २९ र ३० गते काठमाडौँमा आयोजना गरिएको मानव बेचबिखन नियन्त्रणका लागि बेचबिखन प्रभावितको पाँचौँ भेलापछि घोषणापत्र जारी गर्दै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को संशोधन गरी सङ्घीयताको प्रभावकारी कार्यान्वयन हुनुपर्ने माग गरेको छ । 

घोषणा पत्रमा भनिएको छ, ‘स्थानीय, प्रदेश र सङ्घीयस्तरबाट निर्माण हुने नीति, बजेट र कार्यक्रममा नीतिगत रुपमा नै रोजगारी, शिक्षा, स्वास्थ्य, निब्र्याजी र बिना धितो ऋण जस्ता कार्यक्रम बेचबिखनबाट प्रभावितका निम्ति अनिवार्य रुपमा वयवस्था गरियोस् ।’

सो भेलाले मानव बेचबिखनबाट प्रभावित पुरुषको पुनःस्थापनाका लागि पनि पुनःस्थापना केन्द्रको व्यवस्था गर्नुका साथै व्यवसायमूलक तालिम र जीविकोपार्जनका अवसर पनि प्रदान गर्नुपर्नेमा जोड दिएको छ । आन्तरिक तथा बाह्य बेचबिखनबाट प्रभावितको उद्दार पश्चात् तीनै तहका सरकारले शिक्षा, जीवनउपयोगी सीपको विकास, दिगो जीविकोपार्जनका निम्ति दिगो एकीकृत कार्यक्रम अनिवार्य ल्याउनुपर्ने भेलाको निष्कर्ष  छ । 

भेलाले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिलाई स्थानीय, प्रदेश र सङ्घीयस्तरसम्म गठन-पुर्नगठन गर्नुपर्ने र गठन पुर्नगठन भएका समितिमा प्रभावितको अनिवार्य सहभागिता हुनुपर्ने व्यवस्थामा समेत जोड दिएको छ । शक्ति समूहका अध्यक्ष चरिमाया तामाङले सरकारको सामाजिक सुरक्षा नीतिभित्र प्रभावितको समावेशको सुनिश्चितता गर्नुपर्ने बताउनुभयो ।