१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘सिटी लाइब्रेरी’ र ‘सिटी म्युजियम’ महानगरपालिकाको छविसँग जोडिएका संरचना हुन्, यी संरचना स्थापना र सञ्चालन हामी आफैँ गर्छौँ’ – कार्यवाहक प्रमुख, डंगोल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित News Polar खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने News Polar सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत गर्‍यो News Polar दुई मन्त्रालयको कार्यवाहक जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई News Polar बाढीपीडितको मनोसामाजिक स्वास्थ्यमा राहत : ८० जनालाई ‘एकदिने कल्याणकारी भ्रमण’ News Polar नेपाली समुदायलाई सेवा दिन एनआरएनए पोर्चुगलको कार्यालय लिस्बोनमा सञ्चालन News Polar यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान News Polar बजारमा कृत्रिम अभाव रोक्न आयातका नीतिगत झन्झट हटाउन संसदीय समितिको जोड

पचास प्रतिशतले लगाए कोभिड–१९ विरुद्धको पूर्ण खोप

पचास प्रतिशतले लगाए कोभिड–१९ विरुद्धको पूर्ण खोप
अ अ+ अ-

जनकपुर । मधेश प्रदेशमा हालसम्म ५० प्रतिशतले कोरोनाविरुद्धको पूर्ण ९दोस्रो मात्रा० खोप लगाएका छन् । पछिल्लो दुई साताको अवधिमा मात्रै प्रदेशका जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने दर करिब १२ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बढ्दै गएको कोरोना सङ्क्रमणको ग्राफ, खोपसम्बन्धी निरन्तरको प्रचार–प्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण पछिल्लो समय खोप लगाउने दर बढेको हो । गत पुस २५ सम्म दोस्रो मात्रा खोप लगाउने १८ वर्षमाथि उमेर समूहको सङ्ख्या ३८ प्रतिशतमात्र रहेकामा पछिल्लो दुई साताको अवधिमा त्यो सङ्ख्या बढेर करिब ५० प्रतिशत पुगेको निर्देशनालयका निर्देशक विजय झले जानकारी दिनुभयो ।

उहाँका अनुसार पूर्ण खोप लगाउनेको सङ्ख्या सर्लाहीमा ६३ दशमलव तीन, धनुषामा ५२ दशमलव छ, बारामा ५३ दशमलव छ, पर्सामा ५१ दशमलव एक, सप्तरीमा ४७ दशमलव सात, सिरहामा ४६ दशमलव आठ, रौतहटमा ३९ दशमलव छ  र महोत्तरीमा ३६ दशमलव छ प्रतिशत पुगेको छ । 

यस्तै १८ वर्षभन्दा माथि उमेर समूहका एक मात्रा मत्र खोप लगाउनेको सङ्ख्या भने करिब ५९ प्रतिशत छ । त्यसमध्ये सर्लाहीमा ७५, बारामा ७०, पर्सामा ६५, सिरहामा ६३, महोत्तरीमा ६९, धनुषामा ६४, सप्तरीमा ६१ र रौतहटमा ४५ प्रतिशत रहेको निर्देशक झाले बताउनुभयो । उमेरका हिसाबले १८ वर्षभन्दा माथि उमेर समूहका भन्दा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकामा खोप लगाउनेको  सङ्ख्या बढी छ । निर्देशक झाका अनुसार मधेश प्रदेशमा १२ देखि १७ वर्ष उमेर समूहका करिब ६२ दशमलव दुई प्रतिशतले खोप लगाइसकेका छन् । “यो सङ्ख्या प्रदेशगत हिसाबले तेस्रो हो”, उहाँले भन्नुभयो, “यसरी हेर्दा हामी बालबालिकालाई खोप लगाउनेमा तेस्रो प्रदेश भएका हौँ । यसलाई अझै गति दिन निरन्तर प्रयास भइरहेको छ । ”

सरकारले २०७८ पुस मासन्तभित्र ६६ प्रतिशत नागरिकलाई कोभिड– १९ विरुद्धको खोप लगाउने लक्ष्य लिएकामा मधेश प्रदेशमा सो लक्ष्य पूरा हुन नसके  पनि विगतको भन्दा अहिले खोप लगाउनेको दरमा वृद्धि भएको जनाइएको छ । 

यस्तै पुसको दोस्रो सातादेखि सङ्क्रमणको ग्राफ विस्तारै बढ्दै जाँदा जोखिमी बढेको देखिएको हो । प्रदेशको आठवटै जिल्लामा हिजो एकै दिन २०० नयाँ सङ्क्रमित थपिएका छन् । निर्देशनालयका अनुसार पछिल्लो दुई दिनको अवधिमा प्रदेशमा ४०७ नयाँ सङ्क्रमित थपिएका छन् । हिजो एकैदिन प्रदेशभरि २०७ नयाँ सक्रमित थपिँदा धनुषामा ९१, सप्तरीमा ६५, सिरहामा २६, सर्लाहीमा आठ, बारामा १७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यसअघि अस्ति मङ्गलबार एकै दिन सप्तरीमा ६३, धनुषामा ५१,  सिरहामा ३३, बारामा १६, सर्लाहीमा दुई र सबैभन्दा कम पर्सामा एकजना गरी २०० नयाँ सङ्क्रमित थपिएका थिए ।

योसँगै प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या करिब ८९० पुगेको छ । सङ्क्रमितमध्ये तीन जनाको पर्सा जिल्ला अस्पतालको आइसीयूमा र दुई जनाकोे सिरहा अस्पतालमा उपचार भइरहेको तथा बाँकी सङ्क्रमित एकान्त बासमा रहेको निर्देशक झाले बताउनुभयो । पछिल्लो तीन दिनमा कोरोना सङ्क्रमणका कारण धनुषा र सप्तरीमा एक–एक महिलाको मृत्यु भएकोे थियो ।

यस्तै कोरोना महामारी सुरु भएयता यस प्रदेशमा कोरोना सङ्क्रमणबाट हालसम्म ३९ हजार ५६८ सङ्क्रमित हँुदा उपचारपश्चात ३७ हजार ६३६ घर फर्किएका छन् भने एक हजार ४२ को मृत्यु भएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ । कोरोना सङ्क्रमणको ग्राफ पहिलो र दोस्रो लहरकै झै बढ्दै गए पनि सङ्क्रमितमा अघिल्लो सङ्क्रमणको जस्तो स्वास्थ्य जटिलता भने नदेखिएको चिकित्सकले बताएका छन् ।

“मङ्सिरको अन्तिमदेखि पुसको दोस्रो सातासम्म कोरोना सङ्क्रमणदर स्थिर थियो”, राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका डा रञ्जितकुमार झाले भन्नुभयो, “तर पछिल्लो केही सातादेखि दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ, यो खतराको सङ्केत हो  तर अहिलेसम्म धेरैमा त्यस्तो जटिलता देखिएको छैन   तर स्वास्थ्य मापदण्ड पालना नगरेमा कोरोना सङ्क्रमण अझै फैलिन सक्ने तथा ठूलै समस्या उत्पन्न हुनसक्ने सम्भावना छ।” 

“एकातिर छिमेकी मुलुक भारतमा तीव्रगतिमा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको छ भने अर्कोतर्फ उताबाट दैनिक सयौँको सङ्ख्यामा नेपालीहरू घर फर्किरहेकाले कोरोना सङ्क्रमण भयावह हुनसक्छ”, डा झाले भन्नुभयो, “यस्तो दयनीय अवस्था आउन नदिन जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले नाकामा निगरानी र स्वास्थ्य परीक्षणमा कडाइ गर्नु जरुरी छ ।”

साथै सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउन र खोपलाई तीव्रता दिनु आवश्यक छ । यता कोरोनाको तेस्रो लहर आउन सक्ने जोखिमलाई दृष्टिगत गरी धनुषा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले स्वास्थ्य सर्तकतामा कडाइ गर्ने निर्णय गरेको छ । भारतीय सीमासँगै जोडिएको सीमानाकामा हेल्थ डेक्स स्थापना गरी एन्टिजेन विधिबाट स्वास्थ्य जाँच गर्न निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो ।

जिल्लाको जनकनन्दनी गाउँपालिकाको इनर्वा, खजुरी गाउँपालिकाको महुवास्थित भारतीय सीमानाकामा हेल्थ डेक्स स्थापना गरिसकेको र नगराइन गाउँपालिकाको जटहीमा हेल्थ डेक्स स्थापना गर्ने तयारी भइरहेको उहाँकोे भनाइ थियो । यसबाहेक अग्रपङ्क्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलगायतलाई बुस्टर डोज खोप लगाउने तयारी भइरहेको जानकारी दिँदै प्रजिअ पौडेलले माघ ७ गतेदेखि  खोप कार्ड अनिवार्य लागू गराउन जिल्लास्थित सबै निकायलाई पत्राचार गरिसकेको जानकारी दिनुभयो ।

मधेश प्रदेशमा कोरोना सङ्क्रमितको उपचारका लागि १५ शय्या,  अस्पतालमा ३४६ आइसोलेशन शय्या, १९२ एडीयू शय्या, ९१ आइसीयू शय्या, ६३ भेन्टिलेटर छन् भने एक हजार ९६५ थान अक्सिजन सिलिन्डर मौज्दात रहेको निर्देशनालयले जनाएको छ । यस्तै प्रदेशभर१२ वटा पिसीआर परीक्षण उपकरणबाट कोभिड–१९ जाँच हुँदै आएको जनाइएको छ ।