१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘सिटी लाइब्रेरी’ र ‘सिटी म्युजियम’ महानगरपालिकाको छविसँग जोडिएका संरचना हुन्, यी संरचना स्थापना र सञ्चालन हामी आफैँ गर्छौँ’ – कार्यवाहक प्रमुख, डंगोल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित News Polar खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने News Polar सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत गर्‍यो News Polar दुई मन्त्रालयको कार्यवाहक जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई News Polar बाढीपीडितको मनोसामाजिक स्वास्थ्यमा राहत : ८० जनालाई ‘एकदिने कल्याणकारी भ्रमण’ News Polar नेपाली समुदायलाई सेवा दिन एनआरएनए पोर्चुगलको कार्यालय लिस्बोनमा सञ्चालन News Polar यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान News Polar बजारमा कृत्रिम अभाव रोक्न आयातका नीतिगत झन्झट हटाउन संसदीय समितिको जोड

पाकिस्तानी अदालतद्वारा व्हाट्सएपमा ‘ईश्वरनिन्दा’ गरेको आरोपमा एक महिलालाई मृत्युदण्डको सजाय

पाकिस्तानी अदालतद्वारा व्हाट्सएपमा ‘ईश्वरनिन्दा’ गरेको आरोपमा एक महिलालाई मृत्युदण्डको सजाय
अ अ+ अ-

इस्लामाबाद । पाकिस्तानको एक अदालतले इस्लामका पैगम्बर मुहम्मद र उहाँकी पत्नीहरू मध्ये एकको अपमान गरेको मानिएको तस्बिरहरू साझा गरेर ‘निन्दा’ गरेको आरोपमा एक मुस्लिम महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ । पैगम्बर मुहम्मदका पत्नीहरुलाई धेरै मुस्लिमले पवित्र व्यक्तित्व मान्छन्।

उत्तरी पाकिस्तानी सहर रावलपिण्डीको ट्रायल कोर्टले बुधवार अनीका अतीकलाई देशको कडा ईश्वरनिन्दा कानूनअन्तर्गत सजाय सुनाएको छ । सो कानूनले पैगम्बर मुहम्मदको अपमान गरेकामा अनिवार्य मृत्युदण्डको सजाय दिन्छ।

“महिला अभियुक्तले उनको स्टेटसमा (ह्वाट्सएप मेसेजिङ प्लेटफर्ममा) साझा गरेको/इन्स्टल गरेको निन्दापूर्ण सामग्री र उजुरीकर्तालाई पठाइएका सन्देशहरू र ब्यङ्ग्यचित्रहरू पूर्णतया असहनीय छन् र मुस्लिमका लागि सहन नसकिने छन्”, न्यायाधीश अदनान मुश्ताकले मुद्दामा आफ्नो फैसला लेखेका थिए।

२६ वर्षीय अतीकले सन् २०२० को मे महिनामा पहिलो पटक दायर गरिएका आरोपमा आफू निर्दोष भएको बताएकी थिइन् ।

अदालतलाई दिएको बयानमा अतीकले ओरोपकर्ता हसनत फारुकले जानाजानी उससँग ‘मित्रता’ कायम राख्न अस्वीकार गरेपछि उनलाई धार्मिक मुद्दामा तानेको बताएकी छन् । दुईबीच लोकप्रिय अनलाइन मल्टिप्लेयर गेममा भेट भएको थियो र उनीहरुले व्हाट्सएपमा कुराकानी जारी राखेका थिए।

“त्यसैले मलाई लाग्छ कि उसले जानाजानी बदलाको लागि यो विषयलाई तान्यो, त्यसैले उसले मेरो विरुद्ध मुद्दा दर्ता गरायो र (व्हाट्सएप) च्याटका क्रममा उसले मेरा विरुद्धमा गएको सबै कुरा सङ्कलन गर्यो”, उनले एक बयानमा स्पष्ट भनिन् ।

फारुकले आरोपितले कथित निन्दापूर्ण सामग्रीलाई व्हाट्सएप स्टेटसका रूपमा साझा गरेको र त्यो सन्देश प्लेटफर्ममा मेटाउन उनले अस्वीकार गरेको बताए । 

अतीकको मृत्युदण्डलाई लाहोर उच्च अदालतले पुष्टि गर्नुपर्ने हुन्छ । उनीसँग पुनरावेदन गर्ने अधिकार पनि छ।

ईश्वरनिन्दा पाकिस्तानमा एक संवेदनशील विषय हो । त्यहाँ देशको कडा कानूनले धेरै प्रकारका अपराधका लागि कठोर दण्ड दिन्छ । अपराधका केही प्रकारका लागि आजीवन कारावास र पैगम्बर मुहम्मदको अपमान गरेकोमा अनिवार्य मृत्युदण्डको सजाय हुन्छ।

ईश्वरनिन्दाको आरोपले बढ्दो रूपमा गैरन्यायिक हिंसा, भीड न्याय वा व्यापक हिंसात्मक विरोधको नेतृत्व गरेको छ। अलजजिराका अनुसार सन् १९९० देखि कम्तिमा ८० मानिस ईश्वरनिन्दाको आरोपमा मारिएका छन्।

मारिनेमा ईश्वरनिन्दाको आरोप लागेका व्यक्ति, तिनका परिवारका सदस्य, उनीहरूका वकिल र कम्तीमा एक जना न्यायाधीश रहेका छन् ।

पछिल्लो समय कपडा कारखानाका श्रीलङ्काली प्रबन्धकलाई भीडले कुटपिट गरी हत्या गरेको थियो । डिसेम्बरमा पूर्वी सहर सियालकोटमा सहकर्मीहरूले ईश्वरनिन्दाको आरोप लगाएपछि उनको शरीर सार्वजनिक रूपमा जलाइएको थियो।

अन्तर्राष्ट्रिय अधिकारकर्मी समूहहरू आरोपको प्रकृतिका कारणले पाकिस्तानमा निन्दाका मुद्दाहरूमा कानूनी कार्यवाही प्रायः अभियुक्तहरू विरुद्ध पक्षपाती हुने गरेको बताउँछन्।