२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री… स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने सागर ढकाल १५ लाखमा पोखरामा अनुबन्धित अनिल १५ लाखमा जनकपुरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले सात वटै प्रदेशमा अटिजम भएका बालबालिकाहरुको लागि तालिम दिने केन्द्रहरु बनाउने तयारी गरिरहेको बताउनुभएको छ ।

गर्भवती र सुत्केरी महिला आमाको स्वास्थ्यलाई मध्यनजर गरी मानसिक स्वास्थ्य (ओपिडी) सेवा र नवजात शिशुमा हुनसक्ने मेटाबोलिक रोग पत्ता लगाउन गरिने न्युबर्न स्क्रिनिङ सेवाको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अटिजमको समस्या भएका बालबालिकाहरु धेरै रहेकाले उनीहरुको लागि सात वटै प्रदेशमा तालिम दिने र सीप सिकाउने केन्द्रहरुको निर्माण गर्ने तयारीका लागि मन्त्रालयले समिति बनाउने पहल गरिरहेको बताउनु भयो । उहाँले जन्मिएको शिशुलाई विशेषज्ञ चिकित्सकले ओल्टाइपल्टाइ हेर्ने र उसको पूर्ण अंग विकसित भएको निस्कर्ष निकाल्ने स्थिति नेपालमा हुनुपर्ने बताउनु भयो । उहाँले कुनै समस्या भए स्क्रिनिङ गरेर उपचार गर्ने परिस्थिति निर्माण गर्न जरुरी रहेको बताउनु भयो । बालबालिकाहरुमा उमेर बढ्दै जाँदा विकसित हुँदै जाने समस्याहरुको पहिचान गरेरे शुरुमै उपचार गर्ने स्थिति बनाउन सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जन्मिएको बच्चालाई विशेषज्ञ चिकित्सकले ओल्टाइपल्टाइ हेर्ने र उसको पूर्ण अंग विकसित भएको निस्कर्ष निकाल्ने स्थिति बन्नुपर्‍यो । कुनै समस्या रहेछ भने बच्चाको स्क्रिनिङ गरेर उपचार गर्ने परिस्थिति हामीले निर्माण गर्न सक्नुपर्छ । त्यो प्रसुतीबाट शुरु भएको छ । प्रसुतीकै नेतृत्वमा अन्य अस्पतालहरुमा पनि यसलाई हामीले बिस्तार गर्नेछौँ । अहिले बच्चाहरुमा धेरै समस्या देखिने अरु उल्लेख गर्नुभएका विषयसँगै अन्य समस्या पनि देखिएको महशुस गरेको छ । अटिजम भएका बच्चाहरु धेरै छन् । त्यसका लागि सीप सिकाउने, तालिम दिने केन्द्र बनाउनुपर्छ भनेर दीपक महरा आउनुभएको थियो । यसरी हामीले सातै प्रदेशमा अटिजम भएका बच्चाहरुलाई तालिम दिने केन्द्रहरु बनाउने कोशिस गरिरहेका छौँ । केके गर्न सकिन्छ, अध्ययनका लागि समिति बनाउन खोजिरहेका छौँ । त्यो लगायत बच्चाहरुमा देखिने अन्य समस्याहरु उमेर बढ्दै जाँदा विकसित हुँदै जाने समस्याहरुको पहिचान गरेर हामीले शुरुमै उपचार गर्ने स्थिति बनाउन सक्नुपर्छ । हामीले नेपालको स्वास्थ्य क्षेत्रमा कसरी थप सेवाहरु उपलब्ध गराउनसक्छौँ, स्वास्थ्य क्षेत्रलाई कसरी पूर्णता दिनसक्छौँ, सेवा कसरी प्रभावकारी बनाउनसक्छौँ, त्यस विषयमा हामीेले निरन्तर काम गरिरहेका छौँ ।’

मन्त्री पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा थप सेवाहरु उपलब्ध गराउने, स्वास्थ्य क्षेत्रलाई पूर्णता दिने र सेवा प्रभावकारी बनाउने बारेमा गम्भीर रुपमा छलफल गरिरहेको बताउनु भयो । मन्त्री पौडेलले नवजात शिशु जन्मिएको केही दिनभित्र गरिने न्यु बर्न स्क्र्यानिङ टेस्टको परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा सेवा शुभारम्भ गर्नुभयो । यो जाँच गर्दा शिशुको कुरकुच्चामा प्रिक गरी थोरै मात्रामा रगत निकाले विशेष प्रकारको फिल्टर पेपरमा राखि मेसिनमा जाँच गरिन्छ । उक्त जाँचबाट मेटाबोलिक डिजेज पत्ता लगाउन सकिन्छ ।

मेटाबोलिक डिजेज एउटा वंशाणुगत रोग हो । जसले गर्दा बच्चा जन्मिदा सामान्य देखिए पनि केही दिनपछि शिशुमा समस्याहरु देखापर्दै जाने र अन्त्यमा मृत्यु हने भएकाले समयमा नै परीक्षण गराइ रोगको पहिचान गर्नसके मृत्युबाट बचाउन सकिने चिकित्सकहरु बताउँछन् । परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा २०७८ साल मंसिरदेखि २०७९ साल वैशाखसम्म (६ महिना)८ सय नवजात शिशुहरुमा गरिएको सर्वेक्षणमा १३ जना शिशुहरुमा विभिन्न किसिमको वंशाणुगत रोगहरु देखिएको निर्देशक अधिकारीले बताउनु भयो । २०८१ साउनदेखि अस्पतालमा हालसम्म २०५ जना शिशुहरुको परीक्षण गरेको बताउनु भयो ।




भर्खरै