८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता

पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी

पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी
अ+ अ-

काठमाडौँ । पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी हुने अध्ययनले देखाएको छ ।

महिलाहरुमा विभिन्न मनोसामाजिक कारणले गर्दा मानसिक स्वास्थ्य समस्याको जोखिम पुरुषको तुलनामा बढी रहेको अध्ययनहरुले देखाएको परोपकार प्रसुती तथा स्त्रीरोग अतालका निर्देशक डा। श्रीप्रसाद अधिकारीले बताउनु भयो । गर्भवती र सुत्केरी महिला आमाको स्वास्थ्यलाई मध्यनजर गरी मानसिक स्वास्थ्य (ओपिडी) सेवा र नवजात शिशुमा हुनसक्ने मेटाबोलिक रोग पत्ता लगाउन गरिने न्युबर्न स्क्रिनिङ सेवाको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले गर्भधारण गरेका र सुत्केरी महिलाहरुलाई मानसिक तनाव, उदासिनता जस्ता मानसिक समस्याहरुको जोखिम अझ बढी हुने बताउनु भयो । उहाँकाअनुसार विकसित देशहरुमा करिव १० प्रतिशत सुत्केरी महिलाहरुमा मानसिक समस्या देखिने गरेको छ । नेपाल जस्ता न्युन आय भएका देशहरुमा २० प्रतिशत महिलाहरुलाई गर्भवती, सुत्केरी अवस्थामा मानसिक समस्या हुने अध्ययनले देखाएको निर्देशक डा। अधिकारीले बताउनु भयो ।

उहाँले सुत्केरी पश्चाद् एक वर्षभित्र मृत्यु हुने महिलाहरुमध्ये २० प्रतिशतको मृत्यु आत्महत्याबाट हुने गरेको बताउनु भयो । उहाँले नेपालको अवस्थामा १०९८, २००८ र २०२१ को मातृ मृत्यु सम्बन्धी अध्ययनहरुमा प्रजनन उमेरका महिलाहरुको मृत्युको मुख्य कारणमध्ये आत्महत्या रहेको बताउनु भयो । सन् २०२१ को जनगणनासँगै गरिएको अध्ययनले कुलमातृ मृत्युमध्ये ६ प्रतिशत मृत्यु जानिजानि गरिएको आत्महत्यबाट हुने गरेको तथ्यांकले देखाएको बताउनु भयो । उहाँले गर्भवती, सुत्केरी अवस्थामा हुने मानसिक स्वास्थ्य समस्याले महिलाको मात्रै नभएर बच्चाको शारीरिक, मानसिक र भावनात्मक वृद्धि विकास र गुणस्तरीय जीवनयापनमा नकारात्मक असर गर्ने डा। अधिकारीले बताउनु भयो । स्वास्थ्यको शारीरिक पक्षलाई बढी प्राथमिकता दिने परिपाटी समाज, मानसिक समस्याप्रतिको नकारात्मक धारणा र मानवीय तथा भौतिक श्रोत, साधन अभाव जस्ता मुख्य कारणले गर्दा हालसम्म गर्भवती, सुत्केरीमा हुने मानसिक स्वास्थ्य समस्याको विषय ओझेलमा परेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘महिलाहरुमा विभिन्न मनोसामाजिक कारणले गर्दा मानसिक स्वास्थ्य समस्याको जोखिम पुरुषको तुलनामा बढी रहेको अध्ययनहरुले देखाएको छ । त्यसमाथि गर्भधारण रहेका, सुत्केरी महिलाहरुलाई मानसिक तनाव, उदासिनता जस्ता मानसिक समस्याहरुको जोखिम अझ बढी हुन्छ । विकसित देशहरुको तथ्यांक हेर्ने हो भने करिव १० प्रतिशत सुत्केरी महिलाहरुमा मानसिक समस्या देखिने गरेको छ भने नेपाल जस्ता न्युन आय भएका देशहरुमा २० प्रतिशत महिलाहरुलाई गर्भवती, सुत्केरी अवस्थामा यस्ता मानसिक समस्या हुने देखाएको छ । सुत्केरी पश्चाद् एक वर्षभित्र मृत्यु हुने महिलाहरुमध्ये २० प्रतिशतको मृत्यु आत्महत्याबाट हुने गरेको छ । नेपालको अवस्था हेर्ने हो भने १०९८, २००८ र २०२१ को मातृ मृत्यु सम्बन्धी अध्ययनहरुमा प्रजनन उमेरका महिलाहरुको मृत्युको मुख्य कारणमध्ये आत्महत्या पर्दछ ।

सन् २०२१ को जनगणनासँगै गरिएको अध्ययनले कुलमातृ मृत्युमध्ये ६ प्रतिशत मृत्यु जानिजानि गरिएको आत्महत्यबाट हुने गरेको तथ्यांकले देखाउँछ । गर्भवती, सुत्केरी अवस्थामा हुने मानसिक स्वास्थ्य समस्याले महिलाको मात्रै नभएर बच्चाको शारीरिक, मानसिक र भावनात्मक वृद्धि विकास र गुणस्तरीय जीवनयापनमा नकारात्मक असर पर्दछ । स्वास्थ्यको शारीरिक पक्षलाई बढी प्राथमिकता दिने परिपाटी समाज रहेको मानसिक समस्याप्रतिको नकारात्मक धारणा र मानवीय तथा भौतिक श्रोत, साधन अभाव जस्ता मुख्य कारणले गर्दा हालसम्म गर्भवती, सुत्केरीमा हुने मानसिक स्वास्थ्य समस्याको विषय ओझेलमा परेको देखिन्छ ।’

उहाँले मानसिक समस्याहरुको समयमै पहिचान गरे भएका साधन श्रोतबाट उपचार सम्भव रहेको बताउनु भयो । नवजात शिशु जन्मिएको केही दिनभित्र गरिने ब्लड स्पट टेस्टलाई न्यु बर्न स्क्र्यानिङ टेस्ट भनिन्छ । यो जाँच गर्दा शिशुको कुरकुच्चामा प्रिक गरी थोरै मात्रामा रगत निकाले विशेष प्रकारको फिल्टर पेपरमा राखि मेसिनमा जाँच गरिन्छ । उक्त जाँचबाट मेटाबोलिक डिजेज पत्ता लगाउन सकिन्छ । मेटाबोलिक डिजेज एउटा वंशाणुगत रोग हो । जसले गर्दा बच्चा जन्मिदा सामान्य देखिए पनि केही दिनपछि शिशुमा समस्याहरु देखापर्दै जाने र अन्त्यमा मृत्यु हने भएकाले समयमा नै परीक्षण गराइ रोगको पहिचान गर्नसके मृत्युबाट बचाउन सकिने चिकित्सकहरु बताउँछन् । परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा २०७८ साल मंसिरदेखि २०७९ साल वैशाखसम्म (६ महिना) ८ सय नवजात शिशुहरुमा गरिएको सर्वेक्षणमा १३ जना शिशुहरुमा विभिन्न किसिमको वंशाणुगत रोगहरु देखिएको निर्देशक अधिकारीले बताउनु भयो । २०८१ साउनदेखि अस्पतालमा हालसम्म २०५ जना शिशुहरुको परीक्षण गरेको बताउनु भयो ।