११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई यातायातको भाडादरलाई न्यायोचित बनाउँछौँ: मन्त्री पाण्डे



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले हवाई यातायातको भाडादरलाई न्यायोजित बनाउने बताउनु भएको छ ।

हवाई यातायातको भाडा ह्वात्तै बढाएको भन्दै यात्रुहरुले सरकारको आलोचना गरिरहेका बेला उहाँले चाडपर्व र विपत्तिको बेला यस क्षेत्रको भाडादरलाई न्यायोचित बनाउने कुरामा सरकारले सम्बन्धित पक्षसँग निरन्तर छलफल गरिरहेको बताउनुभएको हो ।

नेपाल हवाई यातायात नियन्त्रक संघले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले हवाई यातायातमा भाडा बढेको कुरा बाहिर आएको उल्लेख गर्दै त्यसलाई न्यायोचित र तर्कपूर्ण बनाउने कुरामा सरकार गम्भिर भएर लागि परेको बताउनु भयो । उहाँले सम्बन्धित पक्षसँग छलफल गरेर सरकारले हवाई यातायातको क्षेत्रलाई सहज र सुलभ बनाउन चाहेको पनि बताउन भयो । नेपालमा हवाई उडानको क्षेत्रको सम्भावना बढेर गएको स्पष्ट पार्दै त्यसलाई सहज बनाउने कुरामा पनि सरकार लागि परेको मन्त्री पाण्डेको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘अहिले विपत्ति र चाडपर्वसँगै आएका बेलाकाले यहाँहरुमाथि चाप पनि परेको छ । नागरिक उडडयनप्रति चाप पनि परेको छ । त्यसलाई सहज बनाउने दिशामा भाडा बढेको कुरादेखि लिएर विभिन्न विषयहरु आएका छन् । यसलाई कसरी न्यायोचित बनाउने ? कसरी यसलाई तर्कपूर्ण बनाउने ? कसरी निजनेबल बनाउने ? भन्ने कुरामा मन्त्रालय शुरु नै दिनदेखि ११/१२ गते ठूलो भिषण वर्षा भयो । हामीले १२ गते नै मन्त्रालयका आकस्मिक बैठक बसेर तत्काल निकायहरुलाई निम्त्याएर, तत्काल क्षेत्र र सरोकारलाई निम्त्याएर हामी काम गरिरहेका छौं । र यो निरन्तर छ । अहिले पनि हामीले एयरपोर्ट संवद्ध टयाक्सी व्यवसायीहरुसँग पनि बसेर छलफल गरेका छौं । राति प्लेन आउँछ । बिहानै प्लेन चढ्न आउनुपर्दछ । त्यसका लागि के सहजीकरण गर्न सक्नुहुन्छ ? कसरी यात्रुलाई सुविधा दिन सक्नुहुन्छ भनेर हामीले एयरलाईन्स, हेलिकप्टरसँग सम्बन्धित संस्थाहरुसँग पनि कुरा गरिरहेका छौं । यात्रुहरुलाई सहज र सजिलो बनाउने विषयमा छलफल गरिरहेका छौं ।’

त्यस अवसरमा मन्त्री पाण्डेले नेपाली आकाश सुरक्षित छ भन्ने सन्देश दिने गरी काम गर्न पनि सम्बन्धित पक्षलाई सचेत गराउनु भयो ।