• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

प्रहरीद्वारा ८० केजी गाँजासहित कार नियन्त्रणमा



मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिर नजिकैबाट प्रहरीको टोलीले आज ८० किलो गाँजासहित कार नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरी टोलीले उक्त मन्दिरको नजिकै पार्किङ गरिराखेको बा६च १४७६ नम्बरको कारलाई शङ्का लागि खोजतलास गर्ने क्रममा उक्त कारभित्र राखिएको अवैध गाँजा फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

पार्किङ गरेर उक्त स्थानमा कार राखिएको र कारका धनी फरार भएपछि स्थानीय जनप्रतिनिधिको रोहवरमा कारको लक तोडेर जाँच गर्दा उक्त अवैध गाँजा प्रहरीले फेला पारी थप अनुसन्धान गरिरहेको प्रवक्ता रानाले बताउनुभयो ।