२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद्मा परी घाइते भएकालाई उपचारबाट वञ्चित हुन दिँदैनौँ: स्वास्थ्यमन्त्री पौडेल



फाइल फोटो
अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपद्मा परी घाइते भएकाहरुलाई सरकारले नि:शुल्क उपचार गरिरहेको बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय ट्रमा सेन्टरमा मनसुनजन्य विपद्बाट घाइते हुनुभएका उपचाररत बिरामीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुग्नुभएका उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले उपचार आवश्यक भएका सबै नागरिकहरुलाई स्वास्थ्य मन्त्रलयले नि:शुल्क उपचार उपलब्ध गराइरहेको बताउनु भयो । उहाँले सरकारी अस्पतालहरुमा विपद्बाट घाइते भएका बिरामीहरुको नि:शुल्क उपचार जारी रहेको र विपद्बाट घाइते भइ उपचार नपाएका नागरिकहरुले पनि सरकारी अस्पतालमा पुगेर उपचार गराउन सक्ने बताउनु भयो । उहाँले कतिपय नागरिकहरुलाई सरकारले नि:शुल्क उपचार गराएको बारेमा जानकारी नहुनसक्ने भन्दै सञ्चारमाध्यमले सूचना संप्रेषणा गरिदिन आग्रह गर्नुभयो । उहाँले विपद्बाट भएका जस्तोसुकै जटिल समस्याको पनि उपचार सरकारले नि:शुल्क गर्ने बताउनु भयो । उहाँले घाइतेलाई उपचारबाट वञ्चित हुन नदिने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘उपचार आवश्यक भएका सबै नागरिकहरुलाई स्वास्थ्य मन्त्रलयले नि:शुल्क उपचार उपलब्ध गराएको छ । स्वास्थ्य मन्त्रालयका सबै अस्पतालहरुमा त्यो व्यवस्था गरिएको छ । निजी अस्पतालाहरुलाई पनि विपद्मा परेका, सहायता गर्नुपर्ने सबैलाई उपचारमा सहयोग गर्न अनुरोध गरेका छौँ । उपचार नपाएर समस्यामा पर्ने स्थिति हुँदैन । अहिले पनि कतिलाई जानकारी नभएको हुनसक्छ, म आग्रह गर्न चाहन्छु, विपद्मा परेर घाइते हुनुभएका सबैको उपचार नेपाल सरकारअन्तर्गतका अस्पतालहरुले गर्नेछन् । जस्तोसुकै जटिल समस्यको पनि उपचार हुनेछ । जो बिरामी हुनुहुन्छ, नजिकको स्वास्थ्य संस्थामा आएर उपचार गर्नुहोला । सम्पूर्ण उपचार नि:शुल्क हुन्छ । उपचारबाट वञ्चित हुन दिँदैनौँ ।’

मन्त्री पौडेलले विपद् कुनैपनि बेला आउनसक्ने भन्दै जनचेतना अभिवृद्धि गर्न जरुरी रहेको बताउनु भयो । प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्ने काम भइरहेको बताउनु भयो । उहाँले तीन तहकै सरकारसँग समन्वय गरी विभिन्न कार्यक्रमहरु अघि बढाइएको जानकारी दिनुभयो ।