• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

६६ लाखको सामान बरामद



प्रतीकात्मक तस्बिर

सुदूरपश्चिम । भारतसँग सीमा जोडिएको कैलाली जिल्लाका सीमावर्ती क्षेत्रवाट गएको चौमासिक अवधिमा अवैध रुपमा आयात निर्यात भएका रु ६६लाख २१हजार ९८१ मूल्य बरावरका विभिन्न सामान बरामद गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीको टोलीले सीमावर्ती क्षेत्रमा बरामद गरेका ती सामान भन्सार कार्यालयमा बुझाइएको छ । बरामद भएको मध्ये रु ५१ लाख ९६ हजार ४८१ मूल्य बरावरको लत्ताकपडा, खाद्यान्न रासायनिक मल, हार्डवेयर, हरियो केराउँलगायतका सामान रहेको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र कुवँरले राससलाई जानकारी दिनुभयो । 

यस्तै रु ११ लाख ५३ हजार ५०० बराबरको अबैध काठ र काठ बोक्न प्रयोग भएका सवारी साधन समेत नियन्त्रणमा लिई डिभिजन वन कार्यालयमा बुझाइएको छ । रु दुई लाख ७२ हजार बरावरका अवैध माछा र कुखुरा बरामद गरी नष्ट गरिएको छ । लागू औषध ब्राउन सुगर,खैरो हिरोइन, चरेश सहित यसको तस्करी र ओसार पसारमा संलग्न आठ जनालाई समेत पक्राउ गरिएको छ । “सीमा क्षेत्रमा चोरी तस्करी जस्ता अवैध र अबाञ्छित गतिविधि पहिलेको भन्दा घटेका छन्”, प्रहरी उपरीक्षक कुवँरले भन्नुभयो, “थप सात ठाउँमा बिओपी स्थापना गर्न सकिएमा चोरी तस्करी जस्ता अवैध कार्य थप नियन्त्रणमा आई सीमा सुरक्षामा बल पुग्ने छ ।” कैलालीको सीमावर्ती क्षेत्रमा आवश्यक थप सात ठाउँमा बिओपी थप्ने प्रक्रिया  अघि बढेको जनाइएको छ । कैलालीको १०१ किमी सीमा भारतसँग जोडिएको छ । सीमा क्षेत्रमा हाल सशस्त्र प्रहरी बलको १२ ठाउँमा रहेका सीमा सुरक्षा पोष्ट (बिओपी)मार्फत् नियमित गस्ती भइरहेको छ ।

अहिलेसम्म प्रत्येक दश किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको एक बिओपी रहेकोमा अब प्रत्येक पाँच किलोमिटरको दूरीमा एक बिओपी स्थापना गर्ने प्रक्रिया अघि बढाउन लागिएको बताइएको छ । जिल्लाका सशस्त्र प्रहरीका चार वटा सुरक्षा बेशवाट राजमार्ग सुरक्षा भइरहेको छ । पछिल्ला महिनामा देखिएको कोभिड—१९को महामारीको समस्या उत्पन्न भएसँगै सीमा क्षेत्रवाट खटिएको सशस्त्रले सर्वसाधारणको आवागमन रोक्न अग्रपंक्तिमा रहेर काम गरिरहेको छ  ।