११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन



file photo
अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकाले पाँच वटा डुंगा किन्ने भएको छ ।

सिंहदरबारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री र खानेपानीमन्त्रीसँगको छलफलका क्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सो कुरा बताउनुभएको हो ।

उहाँले हालैको बाढी र डुबानमा डुंगा नहुँदा धेरैको उद्धारमा समस्या परेको भन्दै अब महानगरपालिकाले ५ वटासम्म डुंगा किनेर राख्ने बताउनु भयो । उहाँले जलवायु परिवर्तनका कारण अतिवृष्टि र अनावृष्टिको सम्भावना कुनैपनि बेलामा रहनसक्ने भन्दै आगामी दिनमा उद्धार र राहत कार्यमा समस्या हुन नदिन डुंगा किनेर राख्ने जानकारी गराउनु भयो । उहाँले विपद्पछि स्वास्थ्यजन्य रोगहरुको समस्या हुनसक्ने भन्दै त्यसलाई नियन्त्रण गर्न शुद्ध पानीको परिपूर्ति अपरिहार्य रहेको बताउनु भयो । उहाँले पियुस र अन्य ट्याब्लेटहरु मात्रै शुद्ध पानीको वितरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बाढीका कारण वागमतीमा धेरै जनावरहरु बगेको र चोभारमा अड्किएकाले त्यहीँ खाल्डो खनेर व्यवस्थापन गर्न पहल गरिरहेको बताउनु भयो । विपद्जन्य घटनामा राहत र उद्धारका लागि वडाअध्यक्षलाई पूरा अधिकार दिएको जानकारी गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘पानी जहाँबाट ल्याएपनि पियुस र अन्य ट्याब्लेटहरु राखेर प्युरिफाइ नगरी पानी नदिनु भनेको छ । पानी दिएर पनि दायाँबायाँ भयो भने महानगरपालिकालाई भक्कुमार गाली गर्छन् । पानीको सन्दर्भमा समस्या हत्पति समाधान हुँदैन । धेरै समय लाग्छ । उहाँहरुले भनेअनुसार नै ६ हप्ता लाग्छ । जनावरहरु बगाएर लग्दा चोभारबाट बाढी निस्केन, त्यही रह्यो, त्यहाँ हाइलीपोलुटेड भइसकेको छ । त्यसैले दुई वटा जेसिबी लगाएर त्यहीँ खाल्डो खनेर पुर्नका निम्ति भनिसकेको छु ।’

‘स्थानीय वडाहरुलाई अधिकार दिएका छौँ । वडा अध्यक्षलाई पूरा अधिकार सम्पन्न गरेका छौँ। त्यहाँ कोही पनि भोका नाङ्गा नहुन् भनेर भनेका छौँ । जेसिबी र डोजर हायर गर्नेसम्मको अधिकार दिएका छौँ । पानी सप्लाइ भएको भए अरु कुरामा समस्या हुँदैन थियो । हाम्रो २९ वटै वडामा भोलिन्टियरहरु छन्, भएर पनि काम नहुँदो रहेछ यस्तो अवस्थामा अब हामी केही नभएपनि ४/५ वटा डुंगा पनि किनेर राख्छौँ । किनभने मनसुन भनेको नेपालमा १६ सय मिलिमिटर पानी पर्छ वर्षमा । वर्षैपिच्छे मनसुनले बिगार गरेको हामीले देखेका छौँ । यो पटक हामीले डुंगा नभएर साह्रै दु:ख पायौँ । अर्को पटक डुंगा नभएर दु:ख नपाऔँ । त्यसको निमित्त चाहिने किसिमको व्यवस्थापन हामी गर्छौं । ’

मेयर महर्जनले नगरवासीको समस्या समाधानमा महानगरपालिका लागिपरेको बताउनु भयो । विपद्का घटनाहरुको समस्या समाधान गर्न बजेटको अभाव भए वडास्तरीय विकास योजना कट्टा गर्न वडालाई आग्रह गरिसकेको बताउनु भयो ।