२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव



अ+ अ-

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले मनसुन सफा भएसँगै मेलम्चीको पानी काठमाडौंमा पथान्तरण हुने बताउनुभएको छ ।

जल तथा मौसम विज्ञान विभागले अबको दुई/तीन दिन भारी वर्षा हुने पूर्वानुमान गरेकाले मौसम सफा भएसँगै केही दिनभित्र मेलम्चीको पानी काठमाडौंमा वितरण गरिने बताउनुभएको हो ।

उहाँले २०७६ सालको बाढी,पहिरोले गर्दा मेलम्चीमा ठूलो क्षति भएको र त्यसबाट स्थानीयहरु त्रसित रहेकाले केही समस्या रहेपनि सरकारले चाँडै स्थानीयका समस्या समाधान गरी काठमाडौंका नागरिकलाई पानी वितरण गर्ने जानकारी दिनुभयो । उहाँले मेलम्चीको पानी खोल्ने बित्तिकै काठमाडौं उपत्यकामा पानीको समस्या समाधान हुने उल्लेख गर्नुभयो । उहाँले अहिले मन्त्रालयले पानी पथान्तरणका लागि पाइपमा भएका समस्याहरु डिजिटल प्रणालीबाट जाँच गरिरहेको बताउनु भयो । उहाँले मेलम्चीवासीका जायज माग सम्बोधन गर्न सरकार गम्भीर रहेको र स्थानीयहरुले पनि पानी पथान्तरणका लागि कुनै समस्या सिर्जना नगर्नेमा आशावादी नरहेको बताउनु भयो । स्थानीयका माग सम्बोधनका लागि मन्त्रालयका कर्मचारीहरु मेलम्ची पुगिसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘२०७६ सालको बाढी,पहिरोले गर्दा मेलम्चीमा ठूलो क्षति भयो । त्यसको कारणले गर्दा वर्षातमा मुहान बन्द गर्छौँ । वर्षा सकिएपछि मात्रै पानी दिन्छौँ । तर मलाई लाग्छ मौसम विज्ञानले फेरि केही दिन कोशी र वागमती प्रदेशमा अलर्ट रहनु भनेकाले रोकेका छौँ । तर यो चेतावनी सकिए लगत्तै हामी मेलम्चीको पानी खोल्छौँ । मेलम्चीको पानी खोल्ने बित्तिकै त्यो समस्या समाधान हुन्छ । त्यो भन्दाअघि पाइपको पनि डिजिटल प्रणाली छ, त्यसबाट कहाँ कहाँ पाइप फुटेको छ, कहाँ नष्ट भएको छ, त्यो हेर्ने काम गरिरहेका छौँ । तत्काल मर्मत गरेर पानी छोड्ने हामीले सोचेका छौँ । पानी खोल्नु भन्दा अगाडि एउटा ठूलो महाभारत छ । त्यो भनेको मेलम्चीका स्थानीयहरुको आन्दोलन । त्यहाँ बाढी,पहिरो पीडितहरुको आन्दोलन छ । त्यसले समस्या गरेको छ, कर्मचारी त्यहाँ जानुभएको छ । उहाँहरुको केही कुरामा विमति छ, त्यसमा मन्त्रालय गम्भीर छ । उहाँहरुको जायज मागमा सम्बोधन गर्नेतर्फ हामी लागेका छौँ । पानी छोड्न उहाँहरुले कुनै कठिनाइ गर्नुहुन्न भन्ने मलाई विश्वास छ । दुई तीन दिनपछि पानी खोल्नेछौँ ।’

मन्त्री यादवले विपद्को बेलामा सबैले सहयोग गर्नुपर्ने भन्दै काठमाडौंमा पानीको हाहाकार भएको बेलामा स्थानीयहरुले पानी पठाउँमा अवरोध नगर्नेमा आशावादी रहेको बताउनु भयो ।