२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव



अ+ अ-

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले मनसुन सफा भएसँगै मेलम्चीको पानी काठमाडौंमा पथान्तरण हुने बताउनुभएको छ ।

जल तथा मौसम विज्ञान विभागले अबको दुई/तीन दिन भारी वर्षा हुने पूर्वानुमान गरेकाले मौसम सफा भएसँगै केही दिनभित्र मेलम्चीको पानी काठमाडौंमा वितरण गरिने बताउनुभएको हो ।

उहाँले २०७६ सालको बाढी,पहिरोले गर्दा मेलम्चीमा ठूलो क्षति भएको र त्यसबाट स्थानीयहरु त्रसित रहेकाले केही समस्या रहेपनि सरकारले चाँडै स्थानीयका समस्या समाधान गरी काठमाडौंका नागरिकलाई पानी वितरण गर्ने जानकारी दिनुभयो । उहाँले मेलम्चीको पानी खोल्ने बित्तिकै काठमाडौं उपत्यकामा पानीको समस्या समाधान हुने उल्लेख गर्नुभयो । उहाँले अहिले मन्त्रालयले पानी पथान्तरणका लागि पाइपमा भएका समस्याहरु डिजिटल प्रणालीबाट जाँच गरिरहेको बताउनु भयो । उहाँले मेलम्चीवासीका जायज माग सम्बोधन गर्न सरकार गम्भीर रहेको र स्थानीयहरुले पनि पानी पथान्तरणका लागि कुनै समस्या सिर्जना नगर्नेमा आशावादी नरहेको बताउनु भयो । स्थानीयका माग सम्बोधनका लागि मन्त्रालयका कर्मचारीहरु मेलम्ची पुगिसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘२०७६ सालको बाढी,पहिरोले गर्दा मेलम्चीमा ठूलो क्षति भयो । त्यसको कारणले गर्दा वर्षातमा मुहान बन्द गर्छौँ । वर्षा सकिएपछि मात्रै पानी दिन्छौँ । तर मलाई लाग्छ मौसम विज्ञानले फेरि केही दिन कोशी र वागमती प्रदेशमा अलर्ट रहनु भनेकाले रोकेका छौँ । तर यो चेतावनी सकिए लगत्तै हामी मेलम्चीको पानी खोल्छौँ । मेलम्चीको पानी खोल्ने बित्तिकै त्यो समस्या समाधान हुन्छ । त्यो भन्दाअघि पाइपको पनि डिजिटल प्रणाली छ, त्यसबाट कहाँ कहाँ पाइप फुटेको छ, कहाँ नष्ट भएको छ, त्यो हेर्ने काम गरिरहेका छौँ । तत्काल मर्मत गरेर पानी छोड्ने हामीले सोचेका छौँ । पानी खोल्नु भन्दा अगाडि एउटा ठूलो महाभारत छ । त्यो भनेको मेलम्चीका स्थानीयहरुको आन्दोलन । त्यहाँ बाढी,पहिरो पीडितहरुको आन्दोलन छ । त्यसले समस्या गरेको छ, कर्मचारी त्यहाँ जानुभएको छ । उहाँहरुको केही कुरामा विमति छ, त्यसमा मन्त्रालय गम्भीर छ । उहाँहरुको जायज मागमा सम्बोधन गर्नेतर्फ हामी लागेका छौँ । पानी छोड्न उहाँहरुले कुनै कठिनाइ गर्नुहुन्न भन्ने मलाई विश्वास छ । दुई तीन दिनपछि पानी खोल्नेछौँ ।’

मन्त्री यादवले विपद्को बेलामा सबैले सहयोग गर्नुपर्ने भन्दै काठमाडौंमा पानीको हाहाकार भएको बेलामा स्थानीयहरुले पानी पठाउँमा अवरोध नगर्नेमा आशावादी रहेको बताउनु भयो ।