२३ जेष्ठ २०८३, शनिबार
,
Latest
तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलपत्र यात्रुहरुलाई तत्कालउद्धार गरी गन्तव्यमा पुर्‍याउन संसदीय समितिको निर्देशन



अ+ अ-

काठमाडौँ । संसदीय समितिले विभिन्न सडकमा अलपत्र परेका यात्रुहरुलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पुर्‍याउन सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले गत असोज ११ र १२ गतेको भारी वर्षापछि बाढी, पहिरो र डुबानका कारण विभिन्न राजमार्गहरुमा अलपत्र परेका यात्रुहरुलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पुर्‍याउन सरकारलाई निर्देशन दिएको हो ।

मङ्गलवार बसेको बैठकले थप जनधनको क्षति हुन नदिनका लागि आवश्यक सबै प्रकारका तयारी गर्न पनि सरकारलाई निर्देशन दिएको छ । समितिले राहत र पुन:स्थापनाका काम तदारुकताका साथ अगाडी बढाउन सरकारलाई निर्देशन दिएको छ । त्यसैगरी हवाई भाडा नबढाउन र सडक यातायात सुचारु गर्नका लागि क्षतिग्रस्त सडकहरुको मर्मत सम्भार गर्न पनि समितिले भनेको छ । त्यस्तै सडकको पहुँच नपुगेका जिल्लाहरुमा हवाइ यातायातको व्यवस्थापन गर्न तथा खाद्यान्न, तरकारी, फलफूल आदि सम्पूर्णको मूल्य बढ्न नदिन समितिको निर्देशन रहेको समिति सभापति रामहरी खतिवडाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘यो बैठक नेपाल सरकारलाई सम्भव भएका सबै उपायहरु प्रयोग गरेर राहत र पुर्नस्थापनाका काम तदारुकताका साथ अगाडी बढाउन निर्देशन गर्दछ । हवाई भाडा नबढाउन, सडक यातायात सुचारु गर्नका लागि भएका बाटाहरु तत्काल यातायातका साधन चल्नेगरी मर्मत सम्भार गर्न, सडकको पहुँच नपुगेका जिल्लाहरुमा हवाई यातायातको व्यवस्थापन गर्न, खाद्यान्न, तरकारी, फलफूल आदि सम्पूर्णको मूल्य बढ्न नदिन र पीडितहरुलाई राहतको छिटोभन्दा छिटो व्यवस्था गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछौँ र त्यो गर्न नेपाल सरकारलाई निर्देशन दिन्छौँ । विभिन्न बाटामा अलपत्र परेका यात्रुहरुलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पुर्‍याउन पहल गर्न र थप जनधनको क्षति हुन नदिनका लागि आवश्यक सबै तयारी गर्न नेपाल सरकारलाई निर्देशन दिने ।’

समितिले बजारमा तरकारी, खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुहरुको मूल्यवृद्धि भइरहेको भन्दै बजार अनुगमन गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।