१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन विपद्पछि खानेपानीको पखाइमा उपभोक्ता आँबुखैरेनीका अध्यक्षले दिए पृथ्वी राजमार्ग भत्काइदिने चेतावनी राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी खोज,उद्धार र राहत वितरण सरकारी अभियानलाई साथ दिन क्रसर महासंघको सबै जिल्ला संघहरुलाई अपिल बर्दघाट–दाउन्ने सडक आज रातभर बन्द रहने झ्याप्ले खोला पहिरो हटाउन दुई घण्टा राजमार्ग बन्द तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो: एमाले एमालेद्वारा सरकारको राहत कोषमा रु ५० लाख दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ स्थगित



अ+ अ-

काठमाडौं । दसैंका लागि गत शनिबारदेखि खुलाइएको सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ स्थगित भएको छ । यातायात व्यवसायीले टिकट बुकिङ स्थगित गरेका हुन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बाढी, पहिरो र डुवानका कारण धेरै ठाउँमा राजमार्गहरु अबरुद्ध भएकाले अग्रिम टिकट बुकिङ स्थगित गरिएको जानकारी दिनुभएको छ ।

अहिले पनि कयौं राजमार्ग अबरुद्ध छन् । केही राजमार्ग एकतर्फी सञ्चालनमा छन् । भोलि र पर्सी पनि विभिन्न ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

सडकको अवस्था सहज भएपछि पुन: टिकट बुकिङ खुला गर्ने तयारी यातायात व्यवसायीको छ ।