२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा पनि बलात्कार सम्बन्धी दैनिक एघार घटना



अ+ अ-

इस्लामावाद । पाकिस्तानमा बलात्कारका घटना औसतमा दैनिक ११ ओटा हुने गरेको पाइएको छ । पछिल्लो छ बर्षमा प्रहरी कार्यालयमा बलात्कार सम्वन्धी २२ हजार ओटा विवरण दर्ता भएको अधिकारीहरुले जनाएका छन् । ती मध्ये ७७ ओटा अर्थात् ०.३ प्रतिशत घटनामा मात्रै मेलमिलाप भएको जिओ न्युले समाचार सम्प्रेषण गरेको छ । यो विवरण पाकिस्तानको प्रहरी, कानुन तथा न्याय आयोग, मानवअधिकार आयोगलगायतका निकायहरुले तयार पारेका हुन् ।
 
प्रहरीका अनुसार ४१ प्रतिशत घटना मात्रै दर्ता हुने गरेका छन् । सामाजिक अवस्था र पारिवारीक कारणले गर्दा बलात्कार सम्वन्धी घटना सार्वजनिक नहुने र दर्ता पनि नहुने गरेको प्रहरी अधिकारीहरुको अनुभव छ । सामाजिक दवाव र कानुनी केही कमजोरीका कारण बलात्कारका घटना धेरै हुने गरेको र दोषीमाथी कारबाही कम हुने गरेको उनीहरुले बताउने गरेका छन् । सन् २०१५ देखि अहिलेसम्म २२ हजार ३७ ओटा बलात्कारसम्वन्धी घटना दर्ता भएको सरकारी अधिकारीहरुले जनाएका छन् । ती मध्ये चार हजार ६० उजुरी अझै पनि कारबाही कै चरणमा रहेका छन् । 

प्रहरीले घटना भएका सवै दर्ता भएको भए पाँच बर्षमा त्यसको संख्या झण्डै ६० हजार पुग्ने अनुमान गरेको छ ।  कुल दर्ता भएका उजुरीहरु मध्ये १२ प्रतिशत घटना मात्रै अदालतसम्म पुग्ने गरेको प्रहरी अधिकारीहरुको भनाई छ ।