६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनहमसँग घरेलु मैदनमै युनाइटेडको लज्जास्पद हार



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले हार ब्यहोरेको छ ।

गएराति भएको खेलमा युनाइटेड घरेलु मैदान वल्ड्र ट्राफोर्डमा टोटेनहमसँग ०–३ गोलले स्तब्ध बनेको हो ।

टोटेनहमको जितमा ब्रेन्नान जोनसोन, डेजान कुलुसेभ्स्की र डोमिनिक सोलान्कीले एक–एक गोल गरे । खेलको तेस्रो मिनेटमा नै टोटेनहमले जोनसोनको गोलबाट अग्रता लिएको थियो ।

४७ औं मिनेटमा कुलुसेभ्स्कीले गोल थप्दै टोटेनहमको अग्रता दोब्बर पारे । यस्तै, ७७ औं मिनेटमा सोलान्कीले गोल गर्दै टोटेनहमलाई ३–० गोलले जित दिलाए ।

खेलको ४२ औं मिनेटमा ब्रुनो फर्नान्डेजले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युनाइटेड १० खेलाडीमा समेटिएको थियो ।

यो नतिजापछि टोटेनहम ६ खेलबाट १० अंकका साथ आठौं स्थानमा छ भने युनाइटेड ७ अंकका साथ १२ औं स्थानमा छ ।