१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेस्टरलाई आर्सनलले हरायो, सिटी र न्युक्यासलले अंक बाँडे



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ । गएराति भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई ४–२ गोलले पराजित गरेको हो ।

घरेलु मैदान इमिरेट्समा २ गोलको अग्रता बनाएको आर्सनलले २ गोल खाँदै बराबरीमा गएपछि खेल रोमाञ्चक बनेको थियो ।

खेलको २० औं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, पहिलो हाफको इन्जुरी समयमा लियान्ड्रो ट्रोसार्डले गोल गरेपछि आर्सनल २–० ले अघि बढ्यो ।

यता, ४७ औं र ६३ औं मिनेटमा जेम्स जस्टिनले गोल गर्दै लेस्टरलाई २–२ को बराबरीमा ल्याउँदै खेलमा फर्काए ।

खेल सकिनै लाग्दा इन्जुरी समयमा लेस्टरका विल्फ्रेड एन्डीडीले आत्मघाती गोल गरेपछि आर्सनलले जिततर्फ अग्रसर भयो । कर्नरबाट आएको बललाई आर्सनलका ट्रोसार्डले प्रहार गरेको बल एन्डीडीलाई लागेर गोल भएको थियो ।

यस्तै, इन्जुरी समयमा नै काई हाभेट्रजले गोल गरे । उनी भाग्यशाली साबित भए । लेस्टरका डिफेन्डरले क्लियर गरेको बल काईलाई लागेर गोल हुने पुगेको थियो । जितसँगै आर्सनले ६ खेलबाट १४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । लेस्टर ३ अंकका साथ १६ औं स्थानमा छ ।

यस्तै, शनिबार नै भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले न्युक्यासल युनाइटेडसँग बराबरी खेल्दै अंक बाँडेको छ । खेलको ३५ औं मिनेटमा होस्को जिभार्डिओलले गोल गर्दै सिटीलाई खेलमा अग्रता बनाएका थिए ।

तर, ५८ औं मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै घरेलु टोलि न्युक्यासललाई बराबरीमा ल्याए । त्यसपछि दुबै टोलिले गोल गर्न सकेनन् र १–१ को बराबरी खेल्दै अंक बाँडे ।

बराबरीसँगै ६ खेलबाट १४ अंक जोडेको सिटी तालिकाको दोस्रो स्थानमा छ भने न्युक्यासल ११ अंकसहित सातौं स्थानमा छ ।