३१ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुन्दुजमा मोर्टार आक्रमणमा ७ जनाको मृत्यु



symbolic picture
अ+ अ-

कुन्दुज । अफगानिस्तानको उत्तरपूर्वी शहर कुन्दुजमा बुधबार साँझ तालिबानले गरेको आक्रमणमा सात जना सर्वसाधारणको मृत्यु भएको छ । प्रहरीका अनुसार तालिबानले प्रहार गरेको मोर्टार लागेर मारिनेहरुमा महिला र बालबालिका समेत सात जनको मृत्यु भएको र अरु छ जना घाइते भएका छन् । अफगान रक्षा मन्त्रालयले कुन्दुजको बाहिरी इलाका टालोखा क्षेत्रमा उक्त घटना भएको जनाएको छ । 

हालैमात्र, अफगानिस्तानको प्रमुख विद्रोही समूह तालिबान र अफगान सुरक्षा फौजबीच इमाम शाहिब, दस्त–ए–आर्ची समेतका क्षेत्रमा भिडन्तहरु भएका छन् । पछिल्लो मोर्टार आक्रमणका बारेमा तालिबान समूहले केही प्रतिक्रिया दिएको छैन । 

कतारको दोहामा तालिबान समूह र अफगान प्रतिनिधिबीच वार्ता जारी रहे पनि अफगानिस्तानमा हिंसात्मक घटनामा कमी आएको छैन । 




भर्खरै