१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल

स्थानीय तह निर्वाचनमा ६० देखि ७० प्रतिशत स्थानीय तहमा एमालेले जित्ने ओलीको दाबी (भिडियोसहित)

स्थानीय तह निर्वाचनमा ६० देखि ७० प्रतिशत स्थानीय तहमा एमालेले जित्ने ओलीको दाबी (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा कम्तिमा ६० प्रतिशत स्थानीय तहमा आफ्नो पार्टीले जित्ने दाबी गर्नुभएको छ ।मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा ६० देखि ७० प्रतिशत स्थानीय तहमा एमालेले जित्ने दाबी गर्नुभएको हो ।

उहाँले एमालेलाई निर्वाचन जित्नका लागि कसैको बैशाखी टेक्नु नपर्ने पनि दोहो¥याउनु भयो । अध्यक्ष ओलीले आफूहरु प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्थामा रहेकाले प्रतिस्पर्धा गर्न तयार रहेको उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले चुनावी प्रतिस्पर्धा स्वस्थ गर्नुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘हामीले यसको बैशाखी टेक्नुपर्छ, यो ढोडको लौरो टेक्नुपर्छ अनि मात्रै हामी हिड्न सक्छौँ भन्ने होइन । हामी हिड्न सक्छौँ । हामी अगाडी बढ्न सक्छौँ ।

हामी चुनाव लड्न सक्छौँ । हामी मज्जाले जित्न सक्छौँ । हामी ६० देखि ७० प्रतिशत स्थानीय तहमा निर्वाचन जित्न सक्छौँ । सिटको हिसाबले, पालिकाको हिसाबले, अनेक हिसाबले पनि ६० देखि ७० प्रतिशत हामी एक्लै जित्न सक्छौँ । त्यस अनुसारको तयारी गरौँ । यति जित्नका लागि सबै हामीले मिलाउन सक्यौँ भने त सर्वसम्मत् हुन्छ होइन र रु हामीले रोजेको प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था हो । प्रतिस्पर्धा त हामीले रोजेको हो । केही केही ठाउँमा त हामी हार्न पनि त तयार हुनुपर्छ नि त । प्रतिस्पर्धात्मक प्रणाली हामीले रोजेको हो त्यसकारण कांग्रेसलाई पनि मिलाउ, सबैलाई मिलाउँ, सबै मिलाएर सर्वसम्मत् हौँ न भन्ने कुरा त मिठा होलान् ।

हुन्छ त्यो कुरा रु स्थानीय तहको निर्वाचन आउँदैछ सर्वसम्मत् होला त ? सबैलाई मिलाउन सकिएला रु हुन्छ त्यो कुरा ? अनि हामीले ल्याएको प्रणाली बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली हो कि, हामीले ल्याएको प्रणाली चुनाव लड्ने प्रणाली हो कि चुनाव नलड्ने प्रणाली हो रु हामीले ल्याएको प्रणाली चुनाव लड्ने प्रणाली हो । प्रतिस्पर्धात्मक प्रणाली हो । प्रतिस्पर्धात्मक बहुदलीय प्रणाली हो । हाम्रो भनाई कति मात्रै हो भने प्रतिस्पर्धा स्वस्थ गरौँ । राजनीतिको प्रतिस्पर्धाको निर्णायक थलो जनताको अभिमत हो ।’

अध्यक्ष ओलीले नेपालको राजनीति प्रतिगामी शक्ति र जनादेश चाहने शक्ति बिचको दुई ध्रुवमा रहेको बताउनुभयो । उहाँले सत्तारुढ पाँच दलीय गठबन्धनले प्रतिगामी शक्तिको प्रतिनिधित्व गर्ने उल्लेख गर्नुभयो । आफुहरु भने जनताको फैसला मान्ने जनपक्षीय शक्ति रहेको उहाँले जिकिर गर्नुभयो । अध्यक्ष ओलीले एमालेबाट फुटेर जानेहरु पतित भएको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो – ‘ताजा जनादेशमा जाने कुरालाई प्रतिगामी भन्दै केही स्वार्थी तत्वहरु कम्युनिष्ट आन्दोलन ढाल्न, कमजोर पार्न, विभाजित गर्न र सिध्याउन लागे । उनीहरु पतित भए । हामीले देखेका छैनौँ पतन कसरी हुन्छ ? यो पनि पतन होइन भने के लाई पतन भन्छौँ हामी ? 

यो पनि कम्युनिष्टबाट यिनीहरु सिध्दिएका होइनन् भने कम्युनिष्ट केलाई भन्छौ त हामी रु कम्युनिष्ट पार्टी फुटाउने, कम्युनिष्ट सरकार ढाल्ने, प्रतिक्रियावादीहरु बोक्ने, प्रतिक्रियावादीको सरकार बनाउने, तिनका तलुवा चटुवा भएर, तिनका पछिपछि कुदेर यत्रायत्रा लोकपापका दुनाहरु बोकेर पापका दुनाहरु थाप्दै हिडेका छन् । मलाई पनि अलिकति प्रसाद भनेर थाप्दै हिडेका छन् । त्यस्तालाई पनि हामीले कम्युनिष्ट भनेर ठान्छौँ, त्यो गलत हो । अहिले दुईवटा राजनीति छ । के को कम्युनिष्ट के को कांग्रेस रु प्रतिगमनकारी, खास परमादेशी, परमादेशबाट आएको शक्ति, प्रतिगामी शक्ति, दक्षिणपन्थी शक्ति, कम्युनिष्ट बिरोधी शक्ति एकातिर छ । जो पाँच दलिय गठबन्धन भनेर चिनिएको छ । अहिलेको राजनीति परमादेशी र हामीले भनेको जनादेश । जनतामा सार्वभौम सत्ता छ भन्ने कुरा मान्ने जनपक्षिय शक्ति, जनादेशबाट चल्ने शक्ति, जनताको फैसला मान्ने शक्ति र त्यसलाई उल्ट्याउन मुद्धा लडेर सरकार हराएर सरकार ल्याउने शक्ति । परमादेशी शक्ति, असंवैधानिक, अलोकतान्त्रिक, जनविरोधी त्यस्तो शक्ति ।’

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन अगाडी अखिल नेपाल महिला संघको सदस्य संख्या १० लाख पु¥याउनुपर्ने बताउनुभयो । पार्टीको नीति, निर्णय र निर्देशनको पालना गर्दै गाउँ र टोल कमिटीसम्म संगठन विस्तार गर्न उहाँले निर्देशन दिनुभयो । उहाँले नेकपा९एमाले०मा पार्टी प्रवेशको लहर चलेको पनि बताउनुभयो ।