२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान र मेटलाइफ नेपालबीच सम्झौता



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) र बिमा कम्पनी मेटलाईफ नेपालबीच सहकार्य हुने भएको छ । क्रिकेटको विकासका लागि गरिने सहकार्यसम्बन्धी सम्झौता पत्रमा बुधबार क्यान र मेटलाइफ नेपालका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

ललितपुरको पुल्चोकस्थित मेटलाइफको मुख्यालयमा भएको सम्झौता अनुसार मेटलाइफ नेपालले पुरुष तथा महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीसँगै क्यानका सदस्यलाई जीवन बिमा र स्वास्थ्य बिमाको सुविधा उपलब्ध गराउनेछ ।

सम्झौता अनुसार बिमित व्यक्तिको दुर्घटनामा मृत्यु भएमा १० लाख रुपैयाँ, दुर्घटनामा घाइते भएमा उपचारको लागि २ लाख रुपैयाँ र बिरामी भई उपचार गराउनुपरेमा १ लाख रुपैयाँसम्मको जोखिम मेटलाइफ नेपालले बहन गर्नेछ ।