२९ भाद्र २०८३, सोमबार
,
Latest
संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान र मेटलाइफ नेपालबीच सम्झौता



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) र बिमा कम्पनी मेटलाईफ नेपालबीच सहकार्य हुने भएको छ । क्रिकेटको विकासका लागि गरिने सहकार्यसम्बन्धी सम्झौता पत्रमा बुधबार क्यान र मेटलाइफ नेपालका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

ललितपुरको पुल्चोकस्थित मेटलाइफको मुख्यालयमा भएको सम्झौता अनुसार मेटलाइफ नेपालले पुरुष तथा महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीसँगै क्यानका सदस्यलाई जीवन बिमा र स्वास्थ्य बिमाको सुविधा उपलब्ध गराउनेछ ।

सम्झौता अनुसार बिमित व्यक्तिको दुर्घटनामा मृत्यु भएमा १० लाख रुपैयाँ, दुर्घटनामा घाइते भएमा उपचारको लागि २ लाख रुपैयाँ र बिरामी भई उपचार गराउनुपरेमा १ लाख रुपैयाँसम्मको जोखिम मेटलाइफ नेपालले बहन गर्नेछ ।