८ भाद्र २०८३, सोमबार
,
Latest
नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी बलात्कारपछि हत्याका घटना रोक्न कानून संशोधन गर्न राप्रपा नेता शाहीको माग बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका क्यालिफोर्निया क्षेत्रका लागि अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको पदावधि थप



अ+ अ-

काठमाडौ । सरकारले अमेरिकाको क्यालिफोर्नियाको सान डिएगो क्षेत्रका लागि नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत ऋषि पुन्नाखर ढकालको पदावधि ४ बर्ष थप  गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले ढकालको पदाबधि थप्ने  निर्णय गरेको थियो । ढकाललाई नेपाल सरकारले पहिलोपटक सन् २०१३ मा अवैतनिक वाणिज्यदूत नियुक्त गरेको थियो । 

महावाणिज्यदूत ढकाल तयारी पोशाक र हस्तकलाका बस्तु नेपालबाट अमेरिका आयात गर्ने एक अग्रणी व्यवसायीका रूपमा  परिचित हुनहुन्छ । २००५ मा अमेरिका आउनु भएका ऋषिको राइजिङ इन्टरनेशनल इन्क सन् २०१३ सम्म नेपालबाट तेस्रो मुलुकमा निर्यात हुने वस्तुको अग्रणी आयातकर्ता भई सकेको थियो ।

सन् २०१४ मा नेपाल सरकारकातर्फबाट महत्वपूर्ण व्यवसायिक व्यक्तित्वका लागि दिइने सम्मान समेत प्राप्त गर्नुभएको थियो । नेपालमा पनि शिक्षा, स्बास्थ्थ तथा उर्जाका क्षेत्रमा लगानी गर्नुभएका ढकालले अमेरिकामा तयारी पोशाक संगै ,बिभिन्न सेवामुलक क्षेत्रमा लगानी गर्नुभएको छ ।