६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनहमले ब्रेन्टफोर्डलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले जित निकालेको छ । गएराति भएको खेलमा टोटेनहमले ब्रेन्टफोर्डलाई ३–१ गोलले हराएको हो ।

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन डोमिनिक सोलान्की, ब्रेनन जोनसोन र जेम्स म्याडिसनले गोल गरे । ब्रेन्टफोर्डका ब्रायन एम्बेउमोले एक गोल गरे ।

खेलको सुरुवाती मिनेटमा नै एम्बेउमोले गोल गर्दै पाहुना टोलिलाई सुरुवाती अग्रता दिलाएका थिए । ८ औं मिनेटमा सोलान्कीले गोल गर्दै टोटेनहमलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि २८ औं मिनेटमा जोनसोन र ८५ औं मिनेटमा म्याडिसनले गोल गर्दै टोटेनहमलाई ३–१ को जित दिलाए ।

जितसँगै टोटेनहम ५ खेलबाट ७ अंकका साथ १० औं स्थानमा छ भने ब्रेन्टफोर्ड ६ अंकका साथ १२ औं स्थानमा छ ।