५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन २ का मतदाता भन्छन्ः रविलाई भोट दिएर पछुतो लागेको छ



अ+ अ-

काठमाडौँ । सहकारी छानविन प्रकरणमा सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोरखा मिडियाका सञ्चालकहरुले सहकारीको रकम अपचलन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभपति एवं पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि कारबाहीको सिफारिस गरेको छ ।

समितिको सिफासिरसँगै अहिले समाज दुईतिर विभाजित छ । एउटा पक्षले रवि लामिछानेले सहकारीबाट सोझै रकम लिएको प्रमाण नभेटिएको भन्दै रवि निर्दोष रहेको बताइरहेका छन् ।

तर अर्को पक्षले भने रवि लामिछानेले सहकारीको रकम गोरखा मिडियाबाट लिएर अपचलन गरेको र समितिले पनि कारबाहीको सिफारिस गरेको भन्दै कारबाही हुनुपर्ने धारणा व्यक्त गरिरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता/कार्यकर्ता र पार्टी सभापति लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले लगायतले सभापति लामिछानेले क्लिन चिट पाएको धारणा व्यक्त गरिरहेका छन् । समितिको गठनको समयमा कार्यादेश बनाउँदा व्यक्तिमँ केन्द्रित नभइ गोरखा मिडियामा मात्रै छानविन गर्न पाइने नियम बनाइएको थियो ।

सोहीअनुसार समितिले गोरखा मिडियामा सहकारीबाट विभिन्न रुपमा रकम ल्याइएको प्रमाणसहित सञ्चालकहरुलाई कारबाहीको सिफारिस गरेको छ ।

न्युज एजेन्सी नेपालले रवि लामिछानेलाई निर्वाचित गराउने चितवन निर्वाचन क्षेत्र नम्बर २ का मतदाताहरुसँग कुराकानी गरेको छ । जसमा चितवन क्षेत्र नम्बर २ का जनताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई सांसद बनाएकोमा पश्चाताप गरेका छन् ।

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सहकारीमा ठगी गरेको निष्कर्ष सहितको प्रतिवेदन सार्वजनिक गरेसँगै चितवन क्षेत्र नम्बर २ का जनताले लामिछानेलाई सांसद बनाएकोमा पश्चाताप गरेका हुन् ।

पत्रकारिता छाडेर राजनीतिमा आएका लामिछाने संसदीय राजनीतिमा प्रवेश गरेका दिनदेखि विवादित रहे । राजनीतिमा प्रवेश गरेसँगै नागरिकता, रहदानी प्रकरणदेखि सहकारी रकम अपलचन तथा ठगी काण्डमा समेत विवादित बन्न पुगे ।

सहकारी रकम ठगी प्रकरणमा दोषी देखिएसँगै चितवन २ का मतदताले दोहो¥याएर भोट दिएकोमा पछुतो लागेको गुनासो गरे । मतदाताहरुले पत्रकारिताका माध्यमबाट देश र जनताको लागि गरेका कामको आधारमा भोट दिएपनि पछिल्लो समयमा जनताले सहकारीमा राखेको रकम ठगी प्रकरणमा दोषी देखिँएसँगै पछुतो लागेको बताए ।

उनीहरुले लामिछानेले सहकारीको रकम ठगी गरेर चितवनका जनताले दोहो¥याएर दिएको मतको अपमान गरेको दाबी गरे । राजनीतिमा जनताको वितृष्णा जागृत भएको समयमा केही आशा लागेर जनताले मत दिएपनि लामिछानेले सहकारीमा गरिव जनताले राखेको रकम अपचलन गरेर राम्रो नगरेको बताए ।

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सहकारीको रकम अपचलनमा दोषी देखाएसँगै चितवन २ सहकारी ठग सांसदको क्षेत्र भन्दा नराम्रो लाग्ने गरेको बताए ।

उनीहरुले चितवन २ सहकारी ठग सांसदको क्षेत्र भनेर चर्चा हुँदा किन मत दिएर सांसद बनाइएछ ? भन्ने आफैँलाई हिनताबोध हुने सांसद लामिछानेले चितवनका जनतालाई बनाएको उल्लेख गरे ।

पछिल्लो समय चितवन क्षेत्र नम्बर २ का टोल, चोक, पसल, खेत, घर र बारीमा लामिछानेकै चर्चा हुने गरेको छ । भरतपुर महानगर पालिका वडा नम्बर १० का रचन कार्कीले रवि लामिछानेलाई चितवन २ बाट निर्वाचन जिताएर पठाएकोमा सहकारी काण्डमा जोडिएसँगै हिनताबोध भएको बताउनु भयो ।

उहाँले चितवन २ सहकारी ठग सांसदको क्षेत्र भनेर चर्चा हुँदा पनि लामिछानेको चर्तिकलाले हिनताबोध गराएको उल्लेख गर्नुभयो । उहाँले अब फेरि पनि निर्वाचन भयो भने जनताले तीन पटक एउटै मानिसलाई भोट नहाल्ने दाबी गर्नुभयो । उहाँले दुई पटकसम्म धेरै आशा गरेर जनताले निर्वाचन जिताएर पठाएको उल्लेख गर्नुभयो ।

उहाँले विदेश गएका छोराछोरी स्वदेश फर्कने र प्रदेश खारेज हुने लगायतका आशा बोकेर जनतालाई भोट हालेको भएपनि गृहमन्त्री भएपछि विदेशबाट आफैँ टिकट काटेर देश आउनु भन्ने अभिव्यक्तिले जनतालाई निरास बनाएको बताउनु भयो । उहाँले निर्वाचन जितेर पनि चितवन क्षेत्र नम्बर २ मा बजेट समेत हाल्न नसक्ने सांसदलाई जनतामा निरासा छाएको बताउनु भयो ।

उहाँले सहकारीमा निम्नवर्गका मानिसहरुले जम्मा गरेको पैसा ठगी गर्नु गलत भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘हामीले निर्वाचन जिताएर पठाएको सांसद रवि लामिछाने सहकारी काण्डमा जोडिदाँ हिनताबोध जस्तो भएको छ । चितवन २ सहकारी ठग सांसदको क्षेत्र भनेर भनिरहन्छन् । रवि लामिछानेको चर्तिकलाले गर्दा हिनताबोध गराएको छ ।

अब फेरी पनि निर्वाचन भयो भने जनताले तीन पटक एउटै मानिसलाई भोट हाल्दैनन् । भोट हाल्न मतदान स्थलमा जाँदैनन् । धेरै आशा गरेर जनताले दुई पटकसम्म निर्वाचन जिताएर पठाएका थिए । विदेश गएका छोराछोरी स्वदेश फर्कने र प्रदेश खारेज हुने लगायतका आशा बोकेर जनतालाई भोट हालेका थिए ।

तर मन्त्री भएपछि विदेशबाट आफैँ टिकट काटेर आउँ भन्दा जनता निरास भएका थिए । निर्वाचन जितेर पनि चितवन क्षेत्र नम्बर २ मा बजेट समेत हाल्न नसक्ने सांसदलाई जनताले मन पराएका जछैनन् । सहकारीमा निम्नवर्गका मानिसहरुले पैसा जम्मा गर्ने हो । छोरा छोरीको भविष्यको लागि दैनिक दुःख गरेर काम पैसा जम्मा गरेकाहरुको पैसा ठगी गर्नु गलत हो ।’

भरतपुर महानगर ११ का गुणकान्त पोखरेलले पनि चितवन क्षेत्र नम्बर २ मा जनताले भगवान बनाएर पनि मतदाताको मतको अपमान गरेको बताउनु भयो ।

उहाँले चितवन २ मा सांसद निर्वाचित भएपति कृष्णभक्त पोखरेल जतिको पनि केही गरेर देखाउन नसकेको बताउनु भयो । उहाँले रवि लामिछानेले काम भन्दा पनि बढी प्रचारबाजी बढी भएको बताउनु भयो ।

उहाँले सहकारी ठग प्रकरणमा गोरखा मिडियाको तत्कालिन प्रवन्ध निर्देशकको हिसावले जिम्मेवार देखिएको बताउनु भयो । उहाँले सहकारी छानविन समितिले दिएको प्रतिवेदन सरकारले कार्यान्वयन गर्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो,‘चितवन क्षेत्र २ मा उहाँलाई भगवान नै बनाएर पेश गरे मतदाताले तर कृष्णभक्त पोखरेले जे गरेर देखाएका थिए त्यो छैन । प्रचारबाजी बढी छ । त्यस्तो केही गर्नसक्नु भएन । उहाँ धेरै कुरामा विवादित देखिनुहुन्छ । सहकारी ठग प्रकरणमा गोर्खा मिडियाको तत्कालिन प्रवन्ध निर्देशकको हिसावले जिम्मेवार हुनुहुन्छ । उहाँ भगवानबाट बाहिर निस्कनुभएको छैन । सहकारी छानविन समितिले दिएको प्रतिवेदन सरकारले कार्यान्वयन गर्नुपर्छ ।’

त्यस्तै,भरतपुर महानगर पालिका वडा नम्बर १२ की ओसिन मगरले पनि रवि लामिछानले पत्रकारिताबाट गरेको जतिको काम सांसद भएर गर्न नसकेको बताउनु भयो । उहाँले सांसद तथा गृहमन्त्री भएपछि चितवन निर्वाचन क्षेत्र लगायत मुुलुकभरको लागि धेरै काम गर्न सक्नुपर्ने भएपनि त्यस्तो काम केही गर्न नसकेको बताउनु भयो ।

उहाँले उल्टो जनताको रकम सहकारीमार्फत अपचलनमा दोषी देखिनु चितवनका जनताको लागि निरासा छर्ने काम भएको बताउनु भयो । भरतपुर ११ का बलराम बोहोराले पनि सहकारी छानविन समितिले दिएको प्रतिवेदन अनुसार जोसुकै भए पनि सरकारले कारबाही गर्नुपर्ने बताउनु भयो । उहाँले पार्टीगत हिसावमा कसैलाई पनि छुट दिन नहुने बताउनु भयो ।

उहाँले जनताले अहिलेसम्म कुनैपनि मुद्धामा न्याय पाउन सकेको भन्दै चिप्लो भाषण र थोत्रो कुरा गर्ने लामिछानेलाई कारकाही गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो,‘उहाँले पत्रकारिताबाट गरेको जतिको काम पनि अहिले गर्न सक्नु भएन । सांसद तथा गृहमन्त्री भएपछि चितवन निर्वाचन क्षेत्र लगायत मुुलुकभरको लागि धेरै काम गर्नु सक्नुपर्ने थियो तर त्यो गर्न सक्नुभएन । सांसद भएपछि यहाँप्रति जनताको धेरै आशा गरेका थिए । तर त्यो आशा पूरा गर्न सक्नुभएन ।’

भरतपुर महानगरपालिका १० का हरिभक्त पण्डित सबै जनताले सहकारीको पैसा पाउनुपर्ने बताउनु भयो । उहाँले सरकारले सहकारी पीडितको रकम फिर्ता गराउन सक्नुपर्नेमा जोड दिँदै रविलाई सबैले फसाएको आशय व्यक्त गर्नुभयो । उहाँले जनताले देश बनाउने नेता चाहेको भन्दै जनताको पैसा खान नेता चितवनलाई आवश्यक नभएको बताउनु भयो । भरतपुर महानगर १० का भीमप्रसाद लामिछानेले लामिछानेमाथि साढेको रजाईमा बाछाको मिचान भएको टिप्पणी गर्नुभयो । उहाँले रविलाई फेरी पनि जनताले जिताउने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘सबै जनताले सहकारीको पैसा पाउनु पर्यो । नेताहरुले कसरी हुन्छ । सहकारी पीडितको रकम र्फिता गराउनु प¥यो । त्यसरी जनताको पैसा खान पाइँदैन । हामीलाई देश बनाउने नेता चाहिएको हो । देश बिगार्ने नेता चाहिँदैन। चितवनबाट निर्वाचन जितेर जनतालाई बेकुव बनाए । चितवनका जनतालाई बेकुभ बनाएर काठमाडौंमा खाने बस्ने रहेछ । जनताले कसैलाई पनि भोट दिँदैनौं । कसैले गरेनन् । पैसा नखाने नेता चाहिन्छ ।’

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्य थापाले संसदम प्रतिवेदन पेश गरेसँगै बजारमा चर्चा चलिरहेको छ । समितिले प्रतिनिधि सभामा बुझाएको प्रतिवेदनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई दोषी देखाउँदै कारबाही अघि बढाउन सरकारलाई सिफारिस गरेको थियो । तर सभापति लामिछाने भने समितिले क्लिन चिट दिएको भन्दै पार्टीभित्र उत्सव मनाउन व्यस्त छन् ।

बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले समेत सहकारी ठगी सम्बन्धमा छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ । समितिले प्रतिवेदनले विभिन्न सहकारी संस्थाको ६५ करोड रुपैयाँ गोरखा मिडिया नेटवर्कले हिनामिना रवि लामिछाने तत्कालिन प्रवन्ध निर्देशक रहेको निष्कर्ष निकाल्दै कारबाही अघि बढाउन सिफारिस गरेको छ ।

प्रतिवेदनमा गोरखा मिडिया नेटवर्कको प्रवन्ध निर्देशकका रुपमा लामिछानेले सहकारीबाट अवैधरुपमा आएको २२ करोड ४६ लाख रुपैयाँ खर्च गरेको ठहर गरेको छ । गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिवी राई, प्रवन्धन निर्देशक रवि लामिछाने, सञ्चालक छविलाल जोशीलाई कारबाही गर्न भनिएको छ ।

अब रवि लामिछानेलाई सरकारले कारबाहीको दायरामा ल्याउने करिव निश्चित जस्तै देखिन्छ । २०७९ मंसिर ४ को चुनावमा लामिछाने चितवन ४९ हजार २६१ मत ल्याएर विजयी भएका थिए भने उपनिर्वाचनमा लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका थिए ।