२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

शताब्दी वाङ्मय पुरुष जोशीद्वारा दुई पुस्तक र एक गीति एलबमको लोकार्पण

शताब्दी वाङ्मय पुरुष जोशीद्वारा दुई पुस्तक र एक गीति एलबमको लोकार्पण
अ अ+ अ-

काठमाडौँ । शताब्दी वाङ्मय पुरुष डा. सत्यमोहन जोशीले साहित्यकार डी. आर. द्वारा लिखित यात्रासंस्मरण 'सेन्टोसा', 'पेशागत अनुभव एवम् अनुभूति' को सङ्ग्रह समयको 'डोब' र गीति एल्बम 'भूइँचम्पा' को आज एक विशेष कार्यक्रमबीच लोकार्पण गर्नुभयो । शङ्कर लामिछाने प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रम शताब्दी वाङ्मय पुरुषकै मंगलबजार, ललितपुरस्थित निवासमा भएको थियो ।  सो अवसरमा प्रमुख अतिथि जोशीले नेपाली साहित्यलाई अनुवादका माध्यमबाट विदेशमा पुर्याउनुपर्ने आवश्यकतामाथि जोड दिँदै त्यसो भएमा मात्र नेपाली साहित्यका माध्यमबाट हामीले देशको पहिचानलाई विश्वव्यापी गर्नसक्छौँ भन्नुभयो । यात्रालेखन अत्यन्त उत्तरदायीपूर्ण लेखन भएको उहाँको धारणा थियो । उहाँले कोरोनाका कारण अन्य गतिविधिजस्तै  नेपाली साहित्यिक गतिविधिहरू केही समय रोकिए पनि फेरि चहलपहल बढेकोमा खुशी व्यक्त गर्नुभयो । 

प्रमुख वक्ता समालोचक प्रमोद प्रधानले साहित्यकार डी. आर. का कृतिहरूको समीक्षा गर्दै अघिल्लो यात्रानिबन्धकृति कान्तिपुरदेखि सन्दकपुरसम्मभन्दा सेन्टोसा विषयवस्तुको चयन, त्यसको प्रस्तुति र भाषा सबै दृष्टिकोणबाट महत्वपूर्ण भएको र समयको डोबले फोटोग्राफी पेशामा संलग्न हुँदाका सङ्घर्षलाई अभिलेखन गरेको बताउनुभयो । सभापतिको आसनबाट शङ्कर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले प्रतिष्ठानले अहिले नेपाली निबन्ध र यात्रालाई अङ्गे्रजीमा अनुवाद गर्ने कामलाई अघि बढाएको बताउनुभयो । उहाँले लामिछानेको एब्स्ट्रयाक्ट चिन्तन प्याजको अङ्गे्रजी अनुवाद प्रकाशनको क्रममा रहेको र नेपाली नियात्राको प्रतिनिधिमूलक अङ्गे्रजी अनुवादको काम अघि बढेको जानकारी पनि दिनुभयो ।     

कार्यक्रममा वरिष्ठ कथाकार किशोर पहाडी, प्रसिद्ध निबन्धकार युवराज नयाँघरे, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष साहित्यकार बाबा बस्नेत, सङ्गीतकार तथा संचारकर्मी सरोज कोइराला, पुष्पा खनाल र प्रकाशक बीएन पुस्तक संसारका सूर्य बीसीले पनि लोकार्पित कृति र कृतिकारबारे आ–आफ्ना धारणा राख्नुभएको थियो भने स्रष्टा डी. आर. ले सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । स्रष्टा डीं. आर. को सेन्टोसा दोस्रो यात्रानिबन्धकृति हो । समयको डोबमा भने उनको फोटोग्राफी यात्राको कथासँगै विभिन्न व्यक्तिहरूको विचारहरू समेटिएका छन् । 

छैटौँ गीति एल्बम भूइँचम्पामा विभिन्न सङ्गीतकारको सङ्गीतमा विभिन्न गायकगायिकाले गाएका सात ओटा गीत छन् । गीतहरूमा सङ्गीतकारहरू सन्तोष श्रेष्ठ, मनराजा नकर्मी, ज्योतिप्रकाश, महेश खड्का, कुवेर राई र सरोज कोइरालाको सङ्गीत रहेको छ भने सञ्जीवनी, संगीता प्रधान, उदय सोताङ र मनिला सोताङ, अन्जु पन्त र यम बराल, कुवेर राई, आनन्द कार्की र मेलिना राईले स्वर दिनुभएको छ ।

कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीको विशेष सम्मान पनि गरिएको थियो । यसैगरी प्रमुख वक्ता प्रमोद प्रदान र सर्जक राईलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा साहित्यकारहरु मन्जिला शर्मा, अनिल शर्मा, कमला रिसाल, प्राज्ञ ज्योति प्रकाश, पत्रकार तुलसी भावुकलगायतको उपस्थिति रहेको थियो ।