१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

कम्युनिष्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता

कम्युनिष्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता
अ अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजनीतिक अस्थिरताका कारण अहिलेको व्यवस्थाविरुद्ध अनेकौँ शक्तिहरु लागि परेकाले लोकतान्त्रिक शक्तिबीच समन्वय र एकताको आवश्यकता रहेको बताउनुभएको छ ।

पार्टीको बागमती प्रदेश कमिटीद्वारा आज आयोजित दशौँ राष्ट्रिय महाधिवेशनको सन्देश सभामा अध्यक्ष नेपालले जनताले लामो समयसम्म गरेको सङ्घर्ष, त्याग र बलिदानका कारण अहिलेको उपलब्धि हासिल भएको बताउनुभयो ।

कम्युनिष्ट पार्टीमा विकृति मौलाउँदै गएकाले त्यसैलाई सुधार्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले भ्रष्टाचार, व्यक्तिवाद, कुशासनको अन्त्य गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । मुलुकको राष्ट्रियता, अखण्डता साथै जनताको सार्वभौम अधिकार कमजोर बनाउने गरी संविधान संशोधन हुन नसक्ने उहाँको भनाइ छ ।

सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालको कम्युनिष्ट आन्दोलनको विकासक्रममा आफ्नो पार्टीले वैज्ञानिक समाजवाद अवलम्बन गरेको बताउँदै क्रान्तिकारी कार्यशैली सशक्त पार्टी निर्माणको प्रक्रिया अगाडि बढाउनुपर्ने बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले नेपाली जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्न समाजवादको कार्यान्वयनमा जोड दिनुभयो । उहाँले हालै सम्पन्न महाधिवेशनले सहमति र अग्रगमनको जनादेश दिएको बताउँदै नीति तथा कार्यदिशाअनुसार निम्न श्रमिक वर्गको हितमा कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

महासचिव घनश्याम भुसालले संविधान जारी भएको एक दशकमा अपेक्षाकृत प्रगति हुन नसक्दा मुलुकको समग्र वाम आन्दोलनमा र हामीले गरेको विद्रोहमा चुनौती थपिएकाले वर्गीय विभेद, सामाजिक शोषणविरुद्ध सङ्घर्ष गर्ने कम्युनिष्ट पार्टीको खाँचो औँल्याउनुभयो । मुलुकमा भर पर्दो नेता नभएकाले सङ्घीय गणतान्त्रिक लोकतन्त्र र समाजवाद नेतृत्वविहीन रहेको विचार व्यक्त गर्नुभयो ।

पार्टी सचिव एवं कार्यक्रमका संयोजक सावित्रा भुसालले मुलुकको समसामयिक राजनीतिक तथा कार्यक्रमका विषयवस्तुमा जानकारी गराउनुभयो ।