३ पुष २०८२, बिहीबार
,
Latest
सभापति रविको रिहाइले मुलुकको राजनीतिकवृत्तमा उर्जा संचार गरेको छ: डोलप्रसाद अर्याल मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानका प्रगतिवादी कुरालाई पश्चगामी ढंगले संशोधन गरे अर्को जनआन्दोलन हुन्छः झलनाथ खनाल



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले संविधान भित्रका समाजवादी पक्षहरुलाई तलमाथि हुनेगरी संशोधन गरे राष्ट्रव्यापी आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान बनाएको ९ वर्ष पूरा भएको भन्दै संविधान संशोधन गर्ने नाममा समाजवादी पक्षहरुलाई तलमाथि गर्नेकुरा सह्य नहुने बताउनु भयो ।

उहाँले संविधान एउटा सम्झौता भएकाले संविधानको रक्षाका लागि आन्दोलन गर्ने घोषणा गर्नुभयो । उहाँले संविधानमा भएका पुँजीवादी र काम नलाग्ने कुरालाई हटाउन आवश्यक रहेको बताउनु भयो । काम नलाग्ने कुराहरुलाई क्रमिक रुपले संशोधन गर्दै जानुपर्ने बताउनु भयो ।

उहाँले संविधानमा भएका प्रगतिवादी कुराहरुमध्ये कुनैपनि कुराहरुलाई पश्चगामी ढंगले संशोधन गर्न प्रयत्न गरे देशमा अर्को जनआन्दोलन निम्तिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो संविधान बनाएको ९ वर्ष भयो । हिजो मात्रै संविधान दिवस मनायौँ । यो संविधान एउटा सम्झौताको संविधान हो । यो संविधानभित्र पुँजीवाद पनि छ, समाजवाद पनि छ । दुई वटै कुराहरु छन् । हामी यो संविधान भित्रका समाजवादी पक्षहरुलाई तलमाथि कसैले गर्छ भने हामी त्यसका बिरुद्ध फेरि राष्ट्रव्यापी आन्दोलन गर्छौं । यो संविधानको रक्षाका लागि ।

यो संविधानमा भएका पुँजीवादी कुराहरु, केही काम नलाग्ने कुराहरु पनि छन् । ति काम नलाग्ने कुराहरुलाई क्रमिक रुपले संशोधन गर्दै जानुपर्छ । तर संविधानलाई अहिले संशोधन गर्नुपर्छ भन्ने जुन होहल्ला यो देशका ठूला हौँ भन्ने दुई वटा पार्टीहरुले चलाइरहेका छन्, यदी त्यो संविधानमा भएका प्रगतिवादी कुराहरुमध्ये कुनैपनि कुराहरुलाई पश्चगामी ढंगले संशोधन गर्न प्रयत्न गरिन्छ भने त्यसले यो देशमा अर्को जनआन्दोलन निम्त्याउनेछ । दुईटा ठूला पार्टीहरुले आशा नगरेपनि हुन्छ । त्यो संविधान त्यसरी संशोधन गर्न हामी दिँदैनौँ ।’

पूर्वप्रधानमन्त्री खनालले पार्टीलाई नयाँ ढंगले निर्माण गर्नुको विकल्प नरहेको बताउनु भयो ।—न्युज एजेन्सी नेपाल