७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने

चौथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान

चौथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान
अ+ अ-

जानकी, (बाँके) । चौथो नेपालगञ्ज फोटो फेस्टिबलअन्तर्गत फोटो प्रतिस्पर्धाका लागि फोटो आवेदन खुला गरिएको छ । फोटो पठाउने अन्तिम मिति यही असोज १७ गतेसम्म रहेको आयोजकले जनाएको छ । अन्तरालको आयोजना तथा व्यवस्थापनमा हरेक वर्ष आयोजना गरिने यो फोटो फेस्टिबल प्रतिस्पर्धामा देशभरबाट फोटो पठाउन सकिन्छ ।

अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहका अनुसार नौ विधामा फोटो प्रतिस्पर्धा हुनेछ । उहाँका अनुसार हरेक विधाबाट एउटा उत्कृष्ट फोटो पुरस्कृत हुनेछ र प्रतियोगी सबै फोटोमध्ये सर्वोत्कृष्टलाई वर्ष फोटो उपाधिबाट पुरस्कृत गरिनेछ । वरिष्ठ फोटो पत्रकार तथा फोटो पत्रकार क्लब पिजे क्लबका पूर्वअध्यक्ष विकास कार्कीको नेतृत्वमा वरिष्ठ फोटोग्राफर रमेश मल्ल सदस्य रहेको निर्णायक टिमले फोटोको अन्तिम छनोट गर्नेछन् ।

फोटो प्रतिस्पर्धामा रहेका विधा समाचार, दैनिक जीवन, पर्यटन, वन्यजन्तु, खेलकुद, संस्कृति, प्रकृति र संरक्षण, कृषि, खुसी र उत्साह झल्किने फोटो नेपाल स्माइल रहेका छन् । हरेक विधामा एकजना व्यक्तिले दुईवटासम्म फोटो पठाउन सक्नेछन् । अन्तरालको अफिसियल वेबसाइट अन्तराल डटकम डटएनपी लगइन गरेर फोटो पठाउन सकिनेछ ।

“उक्त फोटो फेस्टिबलमा सिङ्गो नेपाल झल्किने छ । फेस्टिबलका रूपमा नेपालगञ्ज फोटो फेस्टिबललाई सञ्चालन गरिने छ”, अन्तरालका प्रमुख कार्यकारी शाहले भन्नुभयो, “यो फोटोग्राफीसम्बद्ध धेरै व्यक्तिका जमघटको साझा फोरम पनि बन्नेछ ।” फेस्टिबल दुई दिन नेपालगञ्जमा आयोजना हुनेछ । यस अवसरमा गरिने फोटो प्रदर्शनीमा देशभरबाट छानिएका एक सय ५१ फोटो राखिनेछ । जसमा ३५ जना सहभागी रहनेछन् भने प्रशिक्षणका लागि काठमाडौँबाट वरिष्ठ फोटो पत्रकारको उपस्थिति रहनेछ ।

यसैगरी फोटोग्राफी अन्तक्र्रियासमेत आयोजना हुनेछ । जसमा फोटो पत्रकार र फोटोग्राफरले फोटो खिच्दाका रोमाञ्चकारी अनुभव सुनाउनेछन् । यस फेस्टिबलले अघिल्लो पुस्ता र नयाँ पुस्ताबीच सेतुको काम गर्ने आयोजकको विश्वास छ ।

यसैगरी प्रदर्शनीमा राखिएका फोटोलाई सर्वसाधारणको बढी जमघट हुने चोकमा डिजिटल डिस्प्ले पनि गरिनेछ । फेस्टिबलपछि फोटो राजधानी काठमाडौँ र मुलुकका विभिन्न स्थानमा प्रदर्शन गरिनेछ । फोटो प्रतिस्पर्धाको सर्वोत्कृष्टलाई विगतमा रु २५ हजार नगदसहित प्रमाणपत्र प्रदान गर्दै आएकामा पुरस्कार राशि यस वर्षदेखि दोब्बर गरी रु ५१ हजार एक सय ११ पुर्‍याइने अध्यक्ष शाहले बताउनुभयो ।

दोस्रो संस्करणसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका फोटोमात्र सहभागी गराइएको यस प्रतिस्पर्धालाई तेस्रो संस्करणदेखि देशव्यापी बनाइएको थियो । राष्ट्रियस्तरको स्पर्धा भएकाले यस वर्षदेखि पुरस्कार राशि वृद्घि गरिएको र हरेक विधाको उत्कृष्टलाई विगतमा नगद रु पाँच हजारसहित प्रमाणपत्र दिने गरिएकामा यस वर्ष वृद्धि गरिने भएको उहाँले बताउनुभयो ।

यसैगरी फोटो प्रतिस्पर्धामा देशैभरबाट छानिएका उत्कृष्ट २५ वटा फोटोमध्येबाट एउटा फोटोलाई ‘पिपुल्स च्वाइस फोटो अवार्ड’ प्रदान गरिनेछ । यस अवार्ड विजेताले रु ५० हजार एक नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछ । टप २५ वटा फोटोमध्ये अनलाइन भोटिङका आधारमा यो अवार्ड छानिनेछ । सबैभन्दा बढी भोट प्राप्त गर्नेले अवार्ड जित्नेछन् । फोटो छनोटपछि १५ दिनको समय दिएर अनलाइन भोटिङ खुला गरिने आयोजक अन्तरालले जनाएको छ । रासस