४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोना मोनाकोसँग पराजित, आर्सनल र एटलान्टाको बराबरी



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना पराजित भएको छ ।

गएराति भएको खेलमा बार्सिलोना फ्रेन्च क्लब एएस मोनाकोसँग २–१ गोलले स्तब्ध बनेको हो । खेलको १० औं मिनेटमा एरिक गार्सियाले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।

घरेलु टोलीलाई जित दिलाउन खेलको १६ औं मिनेटमा माघ्नेस एक्लिओचेले र ७१ औं मिनेटमा जर्ज इलेनीखेनाले गोल गरे । यता, २८ औं मिनेटमा बार्सिलोनाका लामिने यामलले गोल फर्काए पनि टोलीको हार टार्न सकेनन् ।

जितसँगै मोनाकोले ३ अंक जोडेको छ भने बार्सिलोनाले हारबाट लिगको सुरुवात गरेको छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा इंग्लिस क्लब आर्सनलले इटालियन क्लब एटलान्टासँग बराबरी खेलेको छ ।

एटलान्टाको घरेलु मैदानमा भएको खेलमा दुबै टोलिले गोलरहित बराबरी खेल्दै एक–एक अंक बाँडेका हुन् ।