२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन प्रणाली निकै महंगो भयो, दलहरुले प्रतिनिधित्व छनोटमै ध्यान दिनुपर्छ – सभापति लामिछाने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचन प्रणाली निकै महंगो भएकाले दलहरुले प्रतिनिधित्व छनोटमै ध्यान दिनुपर्ने बताएका छन् ।

संविधान दिवसको अवसरमा रास्वपा संसदीय दलले संसद भवनको लोहोत्से हलमा आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा बोल्दै संसदीय दलका नेता समेत रहेका लामिछानेले यस्तो बताएका हुन् ।

उनले भने – ‘निर्वाचन प्रणाली निकै महंगो छ । यो निर्वाचन प्रणालीबाट १०/२० जना इमान्दार व्यक्ति संसदमा आउलान् । अरु स्वार्थ केन्द्रित मात्रै आउँछन् । इमान्दारको संख्या स्वतः कम हुन्छ, त्यो संख्या विधि र थिति बनाउन पर्याप्त हुँदैन । त्यसैले दलहरुले प्रतिनिधित्व छनोटमै ध्यान दिनुपर्छ ।’

यस्ते उनले संविधान संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसदबाहेकलाई मन्त्रिपरिषद् सदस्य बनाउने व्यवस्था, संसदलाई विधायकी कामको मात्र जिम्मेवारी, पूर्णसमानुपातिक निर्वाचन प्रणाली, गैरदलीय समावेशी ‘विद्वत सभा’लगायत व्यवस्थामा जान रास्वपा तयार रहेको बताए ।

उनले भने – ‘संविधान संशोधन समेतको एजेण्डामा दुई ठूला दलको सरकार बनेको भनिएको छ । संशोधन नै गर्ने भए, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसदबाहेकलाई मन्त्रिपरिषद् सदस्य बनाउने व्यवस्था, संसदलाई विधायकी कामको मात्र जिम्मेवारी, पूर्णसमानुपातिक निर्वाचन प्रणाली, गैरदलीय समावेशी ‘विद्वत सभा’लगायत व्यवस्थामा जाऊँ, रास्वपा तयार छ । संविधानको संशोधनको दुहाई दिएर सत्ताको आयु लम्ब्याउन खोजिएको हो कि भन्ने आशंका हामीलाई छ ।’