११ पुष २०८१, बिहीबार
,
Latest
उपकुलपति पोखरेलद्वारा शपथ ग्रहण पुष्पाः २ टिमले भागदौडमा ज्यान गुमाएका परिवारलाई २ करोड दिने सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार जब कोहलीले ब्रेकफास्टपछि नेपाली शेफसँग फोटो खिचाए क्रिसमसको शुभकामनामा पनामा नहर, क्यानाडा र ग्रिनल्यान्ड अधिग्रहण गर्ने ट्रम्पको आह्वान दोहोरियो खैरहनी महोत्सवमा महको प्रवर्द्धन गरिँदै बाहिर गएका जनशक्ति फर्काउने विषयमा सम्मेलन प्रभावकारी बन्नेछः स्वास्थ्यमन्त्री स्थानीय तहका विपद् जोखिम न्युनिकरण सम्बन्धी संरचना बलियो बनाउनुपर्छः गृहमन्त्री लेखक तरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सभापति रिसाएको दिन सरकार ढल्छ – रवि लामिछाने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दुई तिहाईको सरकार सबैभन्दा अस्थिर रहेको बताएका छन् ।

संविधान दिवसको अवसरमा रास्वपा संसदीय दलले संसद भवनको लोहोत्से हलमा आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा बोल्दै संसदीय दलका नेता समेत रहेका लामिछानेले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेसका सभापति रिसाएको दिन सरकार ढल्ने भन्दै उनले चाहिँ राजनीतिक स्थायित्वका लागि दुई दल मिलेको भन्ने कुराको खण्डन गरे ।

उनले भने – ‘दुई तिहाईको सरकार सबैभन्दा अस्थिर छ । किनकि, कांग्रेस सभापति रिसाएको दिन सरकार ढल्छ । अनि भन्न चाहिँ राजनीतिक स्थायित्वका लागि दुई दल मिलेको भन्ने ?’

सभापति लामिछानेले दुई तिहाईको सरकारको प्राथमिकता के हो, अझै थाहा हुन नसकेको भन्दै विगतमा पनि जनताका प्राथमिकता र सरकारका प्राथमिकता नमिल्दा जनता निराश हुनुपरेको बताए ।