१८ भाद्र २०८३, बिहीबार
,
Latest
लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमन्त्री शर्मालाई पितृशोक



अ+ अ-

काठमाडौं । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई पितृशोक परेको छ ।

उनका बुवा वरिष्ठ साहित्यकार गिरिराज शर्माको बुधबार ८४ वर्षको उमेरमा निधन भएको छ ।

केही समयदेखि भैरहवास्थित निवासमा बसोबास गर्दै आएका गिरिराजलाई बिहान स्वास्थ्यमा समस्या देखिएपछि बुटवलको गौतम बुद्ध मुटु अस्पतालमा उपचारका लागि लगिएको थियो ।

उनको बुधबार दिउँसो सवा ३ बजे निधन भएको अस्पतालले जनाएको छ । गिरिराजको पार्थिक शरीर दाङको घोराही– १८ मसिनास्थित निवासमा पुर्‍याएर अन्तिम श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ ।

गिरिराजको अन्त्येष्‍टि बिहीबार बिहान ८ बजे मसिना सतीघाट कटुवाखोलामा गरिने ज्वाइँ कृष्णध्वज खड्काले जानकारी दिए । गिरिराजको जन्म वि.सं १९९७ साल जेठ १५ गते भएको थियो ।




भर्खरै