१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल

राज्य–निजी क्षेत्रबीचको सहकार्यले राम्रो रिजल्ट दिन सक्छ, वरिष्ठ उपाध्यक्ष ढकाल

राज्य–निजी क्षेत्रबीचको सहकार्यले राम्रो रिजल्ट दिन सक्छ, वरिष्ठ उपाध्यक्ष ढकाल
अ अ+ अ-

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्य र निजी क्षेत्रबीच सहकार्यको वातावरण बन्ने हो भने यसले छोटो समयमा राम्रो रिजल्ट दिनसक्ने बताउनुभएको छ । पोखरीया नगरपालिका, पर्सामा वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा स्तरोन्नति गरिएको शल्य चिकित्सा कक्षको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, “राज्यले निजी क्षेत्रलाई सहजीकरण मात्र गर्ने हो भने निजी क्षेत्रले छोटो समयमा राम्रो रिजल्ट दिन सक्छ ।”

राज्यले निजी क्षेत्रसँग सहकार्य गर्दा राम्रो रिजल्ट आउछ भन्ने कुरा आज समुद्घाटन गरिएको यस अस्पतालले पनि स्पष्ट पार्ने कुरा उहाँले राख्नुभयो । “म मेयरज्यूलाई धन्यवाद पनि दिन चाहन्छु । यहाँहरुले निजी क्षेत्रसँग सहकार्य गरेर आज यहाँ यो अस्पतालको स्तरोन्नति गर्न सफल हुनुभएको छ । यसले यो अस्पताल बन्ने र यहाँका स्थानीयलाई सहज स्वास्थ्य सेवामा पहुच पुग्ने मात्र संकेत गर्दैन । राज्य र निजी क्षेत्रबीचको राम्रो सहकार्यको पनि सुरुवातको संकेत गरेको छ,” उहाँले भन्नुभयो ।

उहाँले निजी क्षेत्रलाई राज्यले सहजीकरण मात्र गर्ने हो भने यसले छोटो समयमा धेरै राम्रा काम गर्न सक्ने बताउनुभयो । “निजी क्षेत्रले पूर्वाधार निर्माण तथा रोजगारी सृजना गर्ने जुन सुकै काम पनि निजी क्षेत्रले सहज र छिटो गर्न सक्छ । यसलाई राज्यले सहजीकरण मात्र गरे पुग्छ,” उहाँले भन्नुभयो ।

निजी क्षेत्रले आफ्नो फाइदाको लागि मात्र काम नगर्ने र आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पनि निभाउँदै आएको बताउनुभयो । कोभिडको समयमा नेपालको निजी क्षेत्रले खेलेको भूमिकाले निजी क्षेत्रको सामाजिक उत्तरदायित्व थप स्पष्ट पारेको बताउँदै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा राज्यको होस्टेमा हैसे गर्दै निजी क्षेत्रले आइसोलेसन सेन्टर निर्माण, अक्सिजन प्लान्ट हस्तान्तरणदेखि आफ्ना हस्पिटल, होटल, स्कूल, कलेज र उद्योग कलकारखाना तत्काल सरकारलाई सुम्पेको स्मरण गराउनुभयो ।