१६ भाद्र २०८३, मंगलवार
,
Latest
बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट



अ+ अ-

काठमाडौं : वन तथा वाताबरण मन्त्री ऐनबहादुर शाही ठकुरी संग नेपालका लागि कोलोम्बिया राजदुत भिक्टोर हुगो इचेभेररी जरमिलो बीच शिष्टचार भेट भएको छ ।

मन्त्रालयमा सोमबार भएको शिष्टचार भेटवार्तामा नेपाल र कोलोम्बिया बीचको ३६ बर्ष देखिको कुटनीतिक मित्रवत सम्बन्ध अझ प्रगाढ बनाउने बारेमा छलफल भएको छ ।

वन मन्त्री शाहीले कोलोम्बिया सरकारले जैबिक बिबिधता महासन्धिको १६ औं कोप आयोजन गर्न लागेको प्रति खुशी ब्यक्त गर्दै सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । कोलोम्बियाको घना जंगल बारे मैले पनि धेरै कुरा सुनेको छु मन्त्रीले भने हामी संग पनि प्राकृतिक श्रोतहरु पहाड वन जंगल रहेका छन ।

नेपालमा २४ प्रतिशत संरक्षित क्षेत्र २४ हजार उपभोक्ता समिति वन र जैबिक बिबिधता संरक्षण जुटेको मन्त्री शाहीले बताउनु भयो । बाघ, गैडा, हात्ती जस्ता ठुला जनावर हिमाल र जंगल हाम्रो प्राथमिकता रहेको मन्त्रीले भने यिनीहरुलाई हामी पर्यटनको प्रमुख आधार बनाउन चाहान्छौ ।

कोपमा हामी जैबिक बिबिधता संरक्षण हाम्रो रणनीति र योजना फेमवर्कमा छलफल गरौ मन्त्रको भनाई छ । मन्त्रीले भने बिकासशील र अल्पबिकसित देश तथा जैबिक बिबिधतामा आश्रीत समुदायका बारेमा बिशेष जोड दिउ । कोलोम्बियाले यस कोप सम्मेलन पश्चात संरक्षणको नेतृत्व गर्ने नौ पाउने आसा गरिएको मन्त्रीले शाहीको भनाई छ ।




भर्खरै