९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने

रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने
अ अ+ अ-

काठमाडौँ।  स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १३ करोड १ रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

मंगलवार सिंहदरबारस्थित उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा आयोजित छलफल तथा सहयोग हस्तान्त्ररण कार्यक्रममा बोल्दै इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले यस्तो घोषणा गर्नुभएको हो ।

उहाँकाअनुसार भदौ ११ गते बसेको इप्पानको आकस्मिक कार्यसमिति बैठकले सहयोगका लागि आह्वान गरेको थियो । सोहीअनुसार सहयोग रकम प्राप्त भइरहेको र छिट्टै राहत कोषमा जम्मा गरिने उहाँले बताउनुभयो ।

उहाँले भोटेकोशी बाढीका कारण ८ वटा सञ्चालनमा रहेका र ५ वटा निर्माणाधीन गरी १३ वटा जलविद्युत आयोजनाका संरचना ध्वस्त भएको बताउनु भयो ।

उहाँले बाढीबाट आयोजना संरचना र लगानीमा भएको क्षतिभन्दा दक्ष जनशक्ति तथा कामदारको ज्यान गुमाउनु ऊर्जा क्षेत्रका लागि ठूलो पीडा भएको बताउनु भयो । उहाँले भोटेकोशी बाढी एउटा विपद्को घटना मात्र नभई मुलुकको विकास अर्थतन्त्रमा आएको महापविपत्ति भएको बताउनु भयो ।

उहाँले राहत तथा सहयोग रकम सहयोग रकम वास्तविक पीडितसम्म प्रभावकारी, पारदर्शी र शीघ्र रूपमा पु¥याउन समेत आग्रह गर्नुभयो । उहाँले यस राष्ट्रिय विपत्तिको समयमा सरकार, निजी क्षेत्र, विकास साझेदार, सामाजिक संघसंस्था र नागरिकलाई राहत, उद्धार तथा पुनःस्थापनाका लागि सामुहिक रूपमा अघि समेत आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भोटेकोशी बाढी केवल एउटा प्राकृतिक विपत्ति मात्र होइन, हाम्रो विकास पूर्वाधार, अर्थतन्त्र र हजारौँ परिवारको जीवनमाथि आएको एउटा असह्य महाविपत्ति हो । आज अत्यन्त भारी मन लिएर इप्पान र यससँग संवद्ध कम्पनीहरूले सहयोग गर्दैछ । यस महाविपत्तिका कारण हालसम्म ८ वटा सञ्चालनमा रहेका र ५ वटा निर्माणाधीन गरी १३ वटा विद्युत आयोजनाहरूका संरचना ध्वस्त भएका छन् । अन्य आयोजना समेत प्रभावित भई कुल ४३० मेगावाट विद्युत क्षमता नेपाल विद्युत प्राधिकरणको केन्द्रीय ग्रिडबाट विच्छेद भएको छ । वर्षौँको मेहनत, खरबौँको लगानी, आधुनिक प्रविधि र हजारौँ मानिसहरूको पसिनाले निर्माण भएका विद्युत आयोजनाका संरचना केही क्षणमै बाढीले बगाएको पीडादायी दृश्य हामीले आफ्नै आँखाले देख्नुपरेको छ । तर संरचना र लगानीको क्षति मात्र निजी क्षेत्रका विद्युत उत्पादकहरूको लागि सबैभन्दा ठूलो पीडा होइन । ती आयोजनासँगै यस ऊर्जा क्षेत्रले आफ्नो ज्ञान, सिप र अनुभव समर्पित गरेका दक्ष इन्जिनियरहरू, प्राविधिक विज्ञ, विशेषज्ञ तथा मेहनती कामदारहरूलाई समेत गुमाउनुपरेको पीडादायी अवस्था छ । एउटा आयोजना पुनः निर्माण गर्न सकिएला, एउटा संरचना निर्माण फेरि उठाउन सकिएला, लगानी पुनः जुटाउन सकिएला, तर गुमेको एउटा जीवन, एउटा परिवारको अभिभावक, एउटा दक्ष जनशक्ति र एउटा उज्यालो भविष्यलाई कुनै पनि रकमले फर्काउन सकिँदैन । यस भोटेकोशी महाप्रलयको घाउ विद्युत क्षेत्रमा मात्र सीमित छैन । रसुवादेखि त्रिशूलीसम्मका नदी किनारमा रहेका बस्तीहरू, सडकहरू, विद्युत संरचनाहरू, खानेपानी प्रणाली तथा अन्य आधारभूत पूर्वाधारहरू ठूलो मात्रामा ध्वस्त भएका छन् । परिवारहरू बिछोडिएका छन् ।, गाउँहरू उजारिएका छन् र हजारौँ मानिसको ज्यान गुमेको अत्यन्त दुःखद् अवस्था हामीसामु छ । अहिले पनि असंख्य परिवार आफ्नो भविष्य कहाँ र कसरी पुनः निर्माण गर्ने भन्ने अन्योल र पीडामा छन् । यस विषम परिस्थितिमा ऊर्जा क्षेत्र आफैँ पनि गम्भीर पीडाबाट गुज्रिरहेको छ । हाम्रा आफ्नै सदस्य कम्पनीका आयोजना ध्वस्त भएका छन् । लगानी डुबेको छ, संरचना बगेका छन् । बाढीपीडित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई घाउमा थोरै भएपनि मलहम लगाउने उद्देश्यका साथ इप्पानको पहलमा १३ करोड १ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रदान गर्ने अभियान अघि बढायौँ । यो अभियान केवल आर्थिक सहयोग मात्र होइन, यो आफ्नै आयोजना गुमाएका ऊर्जा उद्यमीहरूको संवेदना हो र यो आफ्ना सहकर्मी र कामदार गुमाएका कम्पनीहरूको आँशु हो ।’

उहाँले रसुवा, नुवाकोट तथा धादिङमा निर्माणाधीन जलविद्युत आयोजनाका सुरुङ तथा टनेमा फसेका नागरिकको यथाशक्य चाँडो उद्धार गर्न समेत आग्रह गर्नुभयो । –न्युज एजेन्सी नेपाल