१६ भाद्र २०८३, मंगलवार
,
Latest
बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता



अ+ अ-

काठमाडौँ। रसुवा बाढीमा परी निधन हुनेहरुको संख्या एक हजार नाघेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलवार दिउँसो सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीमा परी निधन भएका १ हजार ३ जनाको शव फेला परेको हो ।

विभिन्न जिल्लाबाट प्राप्त तथ्याङ्कअनुसार बाढीका कारण हालसम्म चितवनमा ३ सय २१, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५७, रसुवामा ४१ र तनहुँमा ३८ जनाको शव फेला परेको छ ।

यसमा विभिन्न मानव अङ्गहरूसमेत समावेश छन् । विपद्मा परी हालसम्म २७९ जना घाइते भएका छन् । घाइतेमध्ये १६८ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने नेपाली सेनामार्फत २ हजार ७४० जनाको स्वास्थ्य उपचार गरिएको छ । बाढीका कारण हालसम्म ३ हजार ९१६ जना सम्पर्कविहीन रहेका छन् ।

पत्ता हुनेहरूमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५, अध्यागमनका ३, क्वारेन्टाइन कार्यालयका ३ र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना कर्मचारी रहेका छन् ।

प्राधिकरणकाअनुसार रसुवाबाट करिव ८६५, नुवाकोटबाट १ हजार ५५८ र विभिन्न जलविद्युत आयोजनाबाट ६३९ जना सम्पर्कविहीन छन् । बेपत्ता हुनेहरूमा ५८३ विदेशी नागरिक र विदेशी पर्यटकसँगै गएका १६४ नेपाली नागरिक समेत रहेका छन् ।

प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि २१ हजार ३१४ सुरक्षाकर्मी परिचालित छन् । यसमा नेपाली सेनाका ९ हजार १९९, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सुरक्षाकर्मी सक्रिय छन् ।

हालसम्म ११ हजार ८८४ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले ५९२ पटक हवाई उडान गरी २७३ विदेशी र ३ हजार ५०९ नेपाली गरी कुल ३ हजार ७८२ जनाको हवाई उद्धार गरेको छ । यस्तै, निजी क्षेत्रबाट काठमाडौँबाट २९ वटा उडान सञ्चालन भएका छन् । हाल नुवाकोटमा २ हजार ४६६, रसुवामा ३९८, धादिङमा २६० र काठमाडौंमा ३२९ जना होल्डिङ सेन्टरमा रहेका छन् ।

सरकारले प्रभावित जिल्लाहरूमा नगद राहत समेत उपलब्ध गराएको छ । रसुवा र नुवाकोटलाई १–१ करोड र धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ भने प्रभावित १५ पालिकाका लागि ६ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

राहत सामग्रीतर्फ ३७ वटा ट्रक र ३७ वटा बोलेरोमार्फत खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ । सशस्त्र प्रहरीले ७७ पटक हवाई उडान गरी राहत सामग्री ढुवानी गरेको छ । बुधवार मात्रै नुवाकोटमा १६ र रसुवामा ११ वटा उडानमार्फत राहत पु¥याइएको छ ।

प्रभावित क्षेत्रमा इन्धनको आपूर्ति सुचारु राख्न ४२ हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल र ६ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ ।

ञ्चार सेवातर्फ नेपाल टेलिकमका क्षतिग्रस्त ११० वटा टावरमध्ये सबै सञ्चालनमा आएका छन् भने एनसेलका ७८ मध्ये ७५ टावर सुचारु भइसकेका छन् । प

हिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ । –न्युज एजेन्सी नेपाल




न्यूजपोलारबाट थप समाचार
भर्खरै