१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ

भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ
अ अ+ अ-

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माणमा जोड दिनुपर्ने पाठ सिकाएको बताउनुभएको छ ।

मंगलवार सिंहदरबास्थित मन्त्रालय स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)का पदाधिकारीहरुसँगको छलफल तथा सहयोग हस्तान्त्ररण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जलवायुजन्य विपद्को सामना गर्नसक्ने तथा भौगोलिक बनावटलाई समेत मध्यनजर गरेर पूर्वाधार निर्माण गर्नुपर्ने अबको आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भोटेकोशी–त्रिशूली करिडोरको भौगोलिक बनावट र प्रतिकूल मौसमी अवस्थाका कारण विपद्को जोखिम उच्च रहेको उल्लेख गर्दै देशका अन्य मुख्य करिडोरमा पनि यस्तै बाढी आए ठूलो क्षति हुनसक्ने समेत बताउनु भयो । मन्त्री श्रेष्ठले अब पूर्वाधार निर्माण गर्दा जलवायु परिवर्तनका सम्भावित प्रभावलाई पूर्वानुमान गरी त्यसअनुसार संरचना निर्माण निर्माण गर्नुपर्ने बताउनुभयो ।

उहाँले विपद्का समयमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सरकारसँग गरेको समन्वय र सहकार्यको प्रशंसा गर्दै नीतिगत सुधार र भविष्यका सम्भावनाको खोजीमा समेत सहकार्य आवश्यक रहेको बताउनु भयो । उहाँले विपद्को समयमा सबै पक्ष एकजुट भएको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा दिनुपर्नेमा समेत जोड दिनुभयो ।

उहाँले सरकारले जलविद्युत आयोजनाका सुरुङ तथा टनेलमा फसेका नागरिकको खोज तथा उद्धारलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै विपद्का बेला राज्यको व्यवहार सबैप्रति समान रहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनको असरको कारणले भोटेकोशी–त्रिसूली करिडोरमा जे भयो, हाम्रा अन्य मुख्य करिडोरमा यस्तो भयो भने कस्तो खालको क्षति हुन्थ्यो होला ? त्यहाँ गएर हेर्दाखेरी भौगोलिक बनावट र परिस्थिति नै त्यस्तै छ । प्राकृतिक मौसमको प्रतिकुलताहरु पनि निकै चुनौतीपूर्ण छ । त्यसकारण अब हामी पूर्वाधार निर्माण गर्दा पनि क्लाइमेट रेजिलेन्स स्ट्रक्चरदेखि लिएर सबै कुरामा पुवर्विचार गर्नुपर्ने ठाउँमा आइपुगेका छौँ । म यस विपद्को घडीमा जसरी इप्पानले जस्तो समन्वय र सहकार्य गरेको छ यसको लागि धन्यावाद पनि दिन चाहन्छु । हामीले नीतिगत सुधारदेखि लिएर अलिकति फ्युचरिस्टिक पसिबिलिटिजलाई एक्सप्लोर गर्नेदेखि लिएर यो विपद्मा पनि तपाईहरुले सदासयता देखाउनुभएको छ । हामीबीच वैचारिक भिन्नताहरु पनि हुन्छन् । सबै चिज हुन्छ ।  तर यो अवस्थामा हामी सबै सँगै छौँ भन्ने सन्देश राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रिय जगतलाई दिन्छ जस्तो लाग्छ । अहिले सरकारले जलविद्युत आयोजनाका सुरुङ र टनेलमा फस्नुभएका नागरिकको खोज र उद्धारमा निजी भनेको छ । यो पटक राज्यको प्राथमिकता र व्यवहार समेत समान छ । त्यसकारण तपाईलाई आवश्वस्त पार्न सफल पनि भएका छौँ कि राज्य तपाईंको साथमा रहेको छ भनेर यो विपद् हुनुमा कसैको पनि हात छैन । तर यसको प्रतिकार्य र विपद्पछिको खोज, उद्धार र राहत वितरणमा कस्तो खालको समन्वय र सहकार्य गरेर काम गर्छौँ भन्ने कुरा निकै महत्वपूर्ण हुँदो रहेछ ।’

उहाँले विपद्को समयमा सरकार नागरिकसँगै छ भन्ने विश्वास दिलाउन सफल भएको दाबी पनि गर्नुभयो । –न्युज एजेन्सी नेपाल