९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह

रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह
अ अ+ अ-

काठमाडौँ। राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले भदौ १० गते रसुवागढीको टिमुरे नाकामा आएको बाढीबाट भएको अकल्पनीय जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावकारी उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बुधवारको राष्ट्रिय सभा बैठकमा बोल्दै नेता सुवेदीले उक्त बाढीलाई इतिहासकै क्रूर र हृदयविदारक घटनाको रूपमा चित्रण गर्नुभयो ।

सो विपद्मा थुप्रै नागरिकले ज्यान गुमाएको उल्लेख गर्दै उहाँले मृतकप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभयो ।

बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत झन्डै दुई दर्जन जिल्लाका नागरिकलाई प्रभावित पारेको छ । साथै, सो क्षेत्रमा रहेका चीन, भारतसहित विभिन्न देशका सयौँ पर्यटकहरू समेत बेपत्ता भएको उहाँले जानकारी दिनुभयो ।

हालै चीनमा सम्पन्न अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को सेमिनारमा सहभागी भई फर्किनुभएका नेता सुवेदीले जलवायु परिवर्तनका कारण धनी र विकसित मुलुकहरूले प्रकृतिमाथि गरेको दोहनको परिणाम नेपालजस्ता मुलुकले भोग्नुपरिरहेको विषय आफूहरूले अन्तर्राष्ट्रिय मञ्चमा दृढतापूर्वक उठाएको बताउनु भयो ।

उद्धार कार्यमा देखिएका कमजोरीहरूबारे चर्चा गर्दै सुवेदीले भन्नुभयो, ‘नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफ्नो सामथ्र्य अनुसार काम गरिरहेका छन् तर कतिपय स्थानमा अझै पनि उद्धारमा ढिलाइ भइरहेको छ । सुरक्षा निकायहरू स्रोतसाधनविहीन अवस्थामा छन् ।

गृहमन्त्रीले सुरुङ खन्ने जस्ता प्राविधिक काममा अल्झिनुभन्दा सुरक्षा निकायसँग समन्वय गर्ने, विदेशी सङ्घसंस्थासँग सहकार्य गर्ने र राहत सामग्री वितरणलाई प्रभावकारी बनाउन केन्द्रित हुनुपर्छ ।’

उहाँले सुत्केरी, महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष प्राथमिकतामा राखेर व्यवस्थापन गर्न सरकारसँग माग गर्नुभयो ।

सरकारको आलोचना गर्दै उहाँले सरकार सामाजिक सञ्जाल र समाचारमा बढी सक्रिय देखिए पनि कार्यक्षेत्र (फिल्ड) मा उपस्थिति कमजोर रहेको टिप्पणी गर्नुभयो ।

सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारलाई गर्ने व्यवहारमा विभेद गर्न नहुने भन्दै उहाँले तीनै तहका सरकारबीच उचित समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

यो महाविपत्तिलाई दलगत स्वार्थभन्दा माथि उठेर सामना गर्नुपर्ने बताउँदै उहाँले राष्ट्रिय एकता कायम गरी अगाडि बढ्न सरकार र सबै राजनीतिक दलहरूलाई अपिल गर्नुभयो ।–न्युज एजेन्सी नेपाल