२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट



अ+ अ-

काठमाडौं : वन तथा वाताबरण मन्त्री ऐनबहादुर शाही ठकुरी संग नेपालका लागि कोलोम्बिया राजदुत भिक्टोर हुगो इचेभेररी जरमिलो बीच शिष्टचार भेट भएको छ ।

मन्त्रालयमा सोमबार भएको शिष्टचार भेटवार्तामा नेपाल र कोलोम्बिया बीचको ३६ बर्ष देखिको कुटनीतिक मित्रवत सम्बन्ध अझ प्रगाढ बनाउने बारेमा छलफल भएको छ ।

वन मन्त्री शाहीले कोलोम्बिया सरकारले जैबिक बिबिधता महासन्धिको १६ औं कोप आयोजन गर्न लागेको प्रति खुशी ब्यक्त गर्दै सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । कोलोम्बियाको घना जंगल बारे मैले पनि धेरै कुरा सुनेको छु मन्त्रीले भने हामी संग पनि प्राकृतिक श्रोतहरु पहाड वन जंगल रहेका छन ।

नेपालमा २४ प्रतिशत संरक्षित क्षेत्र २४ हजार उपभोक्ता समिति वन र जैबिक बिबिधता संरक्षण जुटेको मन्त्री शाहीले बताउनु भयो । बाघ, गैडा, हात्ती जस्ता ठुला जनावर हिमाल र जंगल हाम्रो प्राथमिकता रहेको मन्त्रीले भने यिनीहरुलाई हामी पर्यटनको प्रमुख आधार बनाउन चाहान्छौ ।

कोपमा हामी जैबिक बिबिधता संरक्षण हाम्रो रणनीति र योजना फेमवर्कमा छलफल गरौ मन्त्रको भनाई छ । मन्त्रीले भने बिकासशील र अल्पबिकसित देश तथा जैबिक बिबिधतामा आश्रीत समुदायका बारेमा बिशेष जोड दिउ । कोलोम्बियाले यस कोप सम्मेलन पश्चात संरक्षणको नेतृत्व गर्ने नौ पाउने आसा गरिएको मन्त्रीले शाहीको भनाई छ ।