९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार शेयर बजार पहिलो घण्टामा १०.८८ अंकले बढ्यो



symbolic picture
अ+ अ-

काठमाडौं । मंगलबार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक १० दशमलव ८८ अंकले बढेर १ हजार ७९१ दशमलव ३१ विन्दुमा पुगेको छ । १ हजार ७९० दशमलव १९ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ६१ प्रतिशत बढेको छ । पहिलो घण्टाको अवधिमा १८३ ओटा कम्पनीको ९ हजार ८३७ पटकको कारोबारमा २१ लाख १२ हजार ३११ कित्ता शेयरको रू. १ अर्ब ४ करोड ३१ लाख बराबरको खरीदविक्री भएको छ । कारोबारको पहिलो घण्टामा मल्टीपर्पस फाइनान्सको शेयरमूल्य सबैभन्दा बढी ९ दशमलव ८७ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता शेयरमूल्य रू. १६७ कायम भएको छ ।  

पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये होटल्स र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, वित्त, उत्पादन तथा प्रशोधन र अन्य, समूहको परिसूचक बढेको । जसमध्ये व्यापार समूहको परिसूचक सबैभन्दा बढी ७ दशमलव २ प्रतिशतले बढेको छ । यस अवधिसम्म नेपाल दूर सञ्चार कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ८ करोड ४० लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू.९५५ मा कारोबार भइरहेको छ ।




भर्खरै