६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार शेयर बजार पहिलो घण्टामा १०.८८ अंकले बढ्यो



symbolic picture
अ+ अ-

काठमाडौं । मंगलबार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक १० दशमलव ८८ अंकले बढेर १ हजार ७९१ दशमलव ३१ विन्दुमा पुगेको छ । १ हजार ७९० दशमलव १९ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ६१ प्रतिशत बढेको छ । पहिलो घण्टाको अवधिमा १८३ ओटा कम्पनीको ९ हजार ८३७ पटकको कारोबारमा २१ लाख १२ हजार ३११ कित्ता शेयरको रू. १ अर्ब ४ करोड ३१ लाख बराबरको खरीदविक्री भएको छ । कारोबारको पहिलो घण्टामा मल्टीपर्पस फाइनान्सको शेयरमूल्य सबैभन्दा बढी ९ दशमलव ८७ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता शेयरमूल्य रू. १६७ कायम भएको छ ।  

पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये होटल्स र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, वित्त, उत्पादन तथा प्रशोधन र अन्य, समूहको परिसूचक बढेको । जसमध्ये व्यापार समूहको परिसूचक सबैभन्दा बढी ७ दशमलव २ प्रतिशतले बढेको छ । यस अवधिसम्म नेपाल दूर सञ्चार कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ८ करोड ४० लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू.९५५ मा कारोबार भइरहेको छ ।