२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

मंगलबार शेयर बजार उकालो लागेर ५ अर्बभन्दा बढीको कारोबार

मंगलबार शेयर बजार उकालो लागेर ५ अर्बभन्दा बढीको कारोबार
अ अ+ अ-

काठमाडौं । मंगलबार शेयर बजार पुनः उकालो लागेको छ । सोमबार २ दशमलव ३८ अंक घटेको मंगलबार २९ दशमलव ६८ अंक बढेर १ हजार ८१० दशमलव ११ विन्दुमा पुगेको छ । मंगलबार सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ४२ अंक बढेर ३४९ दशमलव ३७ विन्दुमा पुगेको छ । सोमबारको तुलनामा यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ । सोमबार रू. ४ अर्ब ७६ करोड २७ लाख ४ हजार बराबरको शेयर कारोबार भएकोमा मंगलबार यो रकम रू. ५ अर्ब ४४ करोड २९ लाख ५० हजार रहेको छ ।

१९६ ओटा कम्पनीको ४९ हजार ७८३ पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड १७ लाख ४८ हजार ५२० कित्ता शेयर कारोबार भएको छ ।मंगलबार एनआईसी एशिया बैंकको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । २० प्रतिशत लाभांश सुरक्षित गर्ने दिन भएकाले पनि मंगलबार उक्त कम्पनीको रू. ३७ करोड ३३ लाख ८६ हजार बराबरको शेयर कारोबार भएको हो । यस बैंकले हालसम्म लाभांश सार्वजनिक वाणिज्य बैंकहरु मध्ये सर्वाधिक लाभांश प्रस्ताव गरेको हो । १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांशप्रति मंगलबार लगानीकर्ताहरु आकर्षित भएको देखिन्छ । सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य मंगलबार प्रतिकित्ता रू. १० ले बढेर अन्तिम मूल्य रू. ६९७ कायम भएको छ । कम्पनीले बुधबारदेखि बुक क्लोज गर्ने भएकाले नेप्सेले मंगलबारको अन्तिम मूल्यको आधारमा मूल्य समायोजन गर्नेछ । बुधबारदेखि शेयर खरीद गर्नेहरुले भने उक्त कम्पनीले प्रस्ताव गरेको २० प्रतिशत लाभांश पाउने छैनन् ।

मंगलबार आठ ओटा कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ । यो दिन बोटलर्स नेपाल तराईको ९ दशमलव ९९ प्रतिशत, हिमालयन डिष्टिलरीको ९ दशमलव ९८ प्रतिशत, विशाल बजार कम्पनीको ९ दशमलव ९५ प्रतिशत, आँखुखोला जलविद्युतको ९ दशमलव ९२ प्रतिशत,मल्टिपर्पस फिनान्सको ९ दशमलव ८७ प्रतिशत, अजोड इन्स्योरेन्सको ९ दशमलव ८६ प्रतिशत, ङादी ग्रुप पावरको ९ दशमलव ७३ प्रतिशत र नेको इन्स्योरेन्सको ९ प्रतिशतले शेयरमूल्य बढेको हो । उच्च अंकले बढेको बजारमा सोल्टी होटल र सप्तकोशी डेभलपमेण्ट बैंकको शेयरमूल्य सर्वाधिक घटेको छ । सोल्टी होटलको ३ दशमलव २० प्रतिशतले र सप्तकोशी डेभलपमेण्ट बैंकको ३ दशमलव शून्य ७ प्रतिशतले शेयरमूल्य घटेको हो । यो दिन होटल समूहको १ दशमलव ६५ प्रतिशत परिसूचक घटेको छ भने बाँकी समूहको बढेको छ । 

मंगलबार व्यापारिक समूहको परिसूचक सर्वाधिक ८ दशमलव २३ प्रतिशतले बढेको हो भने बैंकिङको शून्य दशमलव ११ प्रतिशत, विकास बैंकको शून्य दशमलव ६१ प्रतिशत, जलविद्युतको १ दशमलव ५ प्रतिशत, वित्तको शून्य दशमलव ७१ प्रतिशत, निर्जीवन बीमाको ३ दशमलव ५४ प्रतिशत, उत्पादन तथा प्रशोधनको ५ दशमलव ८६ प्रतिशत, अन्यको ४ दशमलव ५४ प्रतिशत, लघुवित्तको शून्य दशमलव ९३ प्रतिशत, जीवन बीमाको २ दशमलव ३३ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ९२ प्रतिशत परिसूचक बढेको छ ।