१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटी र चेल्सीको जित, लिभरपुल पराजित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले जित निकालेको छ ।

गएराति भएको खेलमा सिटीले ब्रेन्टफोर्डलाई २–१ गोलले पराजित गरेको हो । घरेलु मैदान इतिहाडमा सिटीले पहिलो मिनेटमा नै गोल खाएको थियो । योआने वीसाले गोल गर्दै ब्रेन्टफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, १९ औं र ३२ औं मिनेटमा एर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई जित दिलाए । सिटीको यो लगातार चौंथो जित हो । टोली ४ खेलबाट १२ अंकका साथ शीर्षस्थानमा छ । ब्रेन्टफोर्ड ६ अंकका साथ नवौं स्थानमा छ ।

यस्तै, अर्को खेलमा चेल्सीले बर्नमाउथलाई हरायो । चेल्सीको जितमा क्रिस्टोफर एन्कुन्कुले निर्णायक गोल गरे । उनले खेल सकिनै लाग्दा ८६ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाएका हुन् । ४ खेलबाट ७ अंक जोडेको चेल्सी सातौं स्थानमा रहँदा बर्नमाउथ ५ अंकका साथ ११ औं स्थानमा छ ।

यता, लिभरपुलले भने हार ब्यहोरेको छ । लिभरपुल आफ्नै घरेलु मैदानमा नटिङहम फरेस्टसँग १–० गोलले स्तब्ध बनेको हो । नटिङहमलाई जित दिलाउन एकमात्र निर्णायक गोल कालुम हड्सन ओडोइले गरे । ४ खेलबाट ९ अंकसहित लिभरपुल तालिकाको दोस्रो स्थानमा छ भने नटिङहम ८ अंकका साथ पाँचौं स्थानमा छ ।