• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo
Latest
★   सरकारलाई सांसदहरुको सुझाव: राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै कानूनी व्यवस्था गरौँ ★   भोलिदेखि सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने ★   मन्त्री दाहाल र कलाकार आचार्यबीच छलफल ★   जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने ★   पञ्जाव किंग्सको मुख्य प्रशिक्षकमा रिकी पोन्टिङ नियुक्त ★   बैतडीमा भाइरल ज्वरोका बिरामी बढे ★   विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेछौँ: शिक्षामन्त्री भट्टराई ★   हेमन्त शर्माको ‘आउँथ्यो दशै’ गीत सार्वजनिक (भिडियोसहित) ★   सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार, आजै प्रधानमन्त्रीलाई बुझाइने ★   बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो

नेवाः संस्कृति नेपालको वैभवशाली संस्कृति: प्रधानमन्त्री



ललितपुर २९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेवाः संस्कृति नेपालको वैभवशाली संस्कृति भएको बताउनुभएको छ ।

ज्यापु समाज यलको ३१ औँ वार्षिकोत्सव तथा ११ औँ साधारणसभाका अवसरमा आज ललितपुरको मङ्गलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेवाः संस्कृतिकै कारण नेपाल सांस्कृतिक हिसाबले सम्पन्न भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेवार समुदायमा पाइने खानाका अनेकौँ परिकार, मन्दिरहरुका टुँडाल, काष्ठकला, संस्कृति र सभ्यता गरिमायुक्त रहेको बताउँदै संस्कृति र सभ्यता बिग्रिएमा सयौँ वर्षसम्म पनि बनाउन नसकिने उल्लेख गर्नुभयो ।

“राजनीतिक र आर्थिक स्थिति बिग्रिएमा केही वर्षमा बनाउन सकिन्छ । संस्कृति र सभ्यता बिग्रएमा फेरि जगेर्ना गर्न सकिँदैन ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रो संस्कृति र सभ्यता अमर रहोस् भनेर ज्येष्ठ नागरिकहरुले कामना गरिरहनुभएको छ । संस्कृति र सभ्यतालाई युवा पुस्तामा पुस्तान्तरण गर्दै जानु हामी सबैको दायित्व हो । यस दायित्वमा ज्यापु समाजको योगदानलाई म धन्यवाद भन्न चाहान्छु ।”

प्रथम महिला राधिका शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले ज्यापु समाजका सदस्य रहेर समाजका विभिन्न पेसा र क्षेत्रमा विशिष्टता हासिल गरेका व्यक्तित्वहरुलाई सम्मान गर्नुभएको थियो ।