१६ भाद्र २०८३, मंगलवार
,
Latest
बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीबाट होटल लेमन ट्रिको उद्घाटन



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको बुढानीलकण्ठमा नवनिर्मित पाँचतारे होटल लेमट ट्रि प्रिमियरको आज उद्घाटन गर्नुभएको छ ।

रु साढे दुई अर्बको लगानीमा पाँच वर्षमा निर्मित सो एक सय दुई श्यैयायुक्त होटलको प्रधानमन्त्री ओलीले आज आयोजित कार्यक्रमबीच उद्घाटन गर्नुभएको हो ।

यस होटलले नेपालको समृद्धि र विकासको यात्रामा टेवा दिन सक्ने अपेक्षा व्यक्त गर्दै प्रधानमन्त्री ओेलीले पर्यटनलाई आकर्षित गर्न नेपालमा सुन्दर स्थल र वातावरण रहेको तथा सरकारले पूर्वाधार विकासलाई प्राथमिकता दिएको सुनाउनुभयो ।

प्रधानन्त्री ओलीले सरकार मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउने प्रक्रियामा रहेको र सुशासनसहित छिटो छरितो राज्यका सेवाहरु जनतालाई दिन सरकार अग्रसर रहेको स्पष्ट गर्नुभयो ।

“तपार्ईँ व्यवसायीहरुले निर्वाधरुपमा व्यवसायिक काम गर्न सक्नुहुन्छ । काम गर्नका लागि कहीँ कतै नजराना बुझाउनु पर्दैन । सरकारी निकायमा हुनुपर्ने कामको फाइल रोकिँदैन । कुन फाइल कहाँ पुगेर किन अड्किएको छ भन्ने ट्रयाकिङ्का लागि हामीले प्रविधि बनाइसकेका छौँ ।”, प्रधानन्त्री ओलीले भन्नुभयो, “तपाईँहरु पर्यटकलाई सेवा र सत्कार दिने काममा ढुक्कले लाग्नुस् । सरकारले गर्नुपर्ने सहजीकरणमा कमी हुनेछैन ।”




भर्खरै