• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo
Latest
★   विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेछौँ: शिक्षामन्त्री भट्टराई ★   हेमन्त शर्माको ‘आउँथ्यो दशै’ गीत सार्वजनिक (भिडियोसहित) ★   सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार, आजै प्रधानमन्त्रीलाई बुझाइने ★   बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो ★   सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता ★   अल नासरले मुख्य प्रशिक्षक कास्ट्रोलाई बर्खास्त गर्यो ★   चक्रवात ‘यागी’का कारण दक्षिण पूर्वि एसियाका ६०लाख बालबालिका प्रभावित: युनिसेफ ★   जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै ★   सरकारको न्युनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दैछौँ: महामन्त्री थापा ★   नेपाल र हिमालयसँग सम्बन्धित करिब पाँच हजार दुर्लभ पुस्तकहरूको पुस्तकालय अब सबैका लागी खुल्ला

चारबुँदे सहमतिपछि अध्यक्ष यादवको अनशन अन्त्य



नवलपरासी । प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले अनशन तोड्नु भएको छ । हुलाकी राजमार्गको निर्माण समयमै सम्पन्न गर्ने विषयमा सहमति जुटेपछि गएराति उहाँले अनशन तोड्नु भएको हो । अध्यक्ष यादवले गत शुक्रबार दिउँसोदेखि अनशन सुरु गर्नुभएको थियो ।

चारबुँदे सहमतिपत्रमा अध्यक्ष यादव र हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका प्रमुख हेमबहादुर एसीले हस्ताक्षर गर्नुभएको छ । उक्त सहमतिपछि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले जुस खुवाएर अध्यक्ष यादवको अनशन तोडाउनु भएको थियो ।

सहमतिअनुसार आगामी असोज २ गतेदेखि तीव्रगतिमा निर्माण सुरु गरी दसैँ अगाडि गोपिगञ्जदेखि बेलाटारी क्षेत्रमा पर्ने तीन किलोमिटर बेस निर्माण गर्ने र दसैँ लगत्तै उक्त क्षेत्रमा कालोपत्र सुरु गर्ने उल्लेख छ ।

साथै निर्माण व्यवसायीलाई तत्काल कार्यतालिका पेस गर्न लगाइ थप गरिएको समय २०८१ साल चैतसम्म बेलाटारीसम्मको सडकखण्डलाई विशेष प्राथमिकता राखी निर्माण सम्पन्न गर्ने सहमतिमा उल्लेख छ ।

सहमतिअनुसार काम नभए प्रमुख जिल्ला अधिकारीले निर्माण व्यवसायी ब्रजगुरु महालक्ष्मी जेभी कम्पनीलाई कारबाही गर्ने र ठेक्का रद्दको प्रक्रिया अगाडि बढाइनेछ ।

त्यसैगरी सहमतिपत्रमा हुलाकी आयोजनाअन्तर्गत पर्ने बेलाटारी–कठहवासम्मको सडक निर्माणलाई तीव्रताका साथ समयावधिभित्र सम्पन्न गर्ने उल्लेख छ ।

प्रदेश सरकार मातहतमा रहेका अलपत्र सडक आयोजनाहरु समयमै सम्पन्न गर्नका लागि सबै राजनीतिक दलका प्रमुखहरुले पहल गर्ने समेत प्रतिबद्धता जनाइएको छ ।