६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिभिल बैंकका कर्मचारीद्वारा १० जना कोभिड संक्रमितलाई प्लाज्मा दान



अ+ अ-

काठमाडौं । सिभिल बैंक लिमिटेडले १० वर्ष पूरा गरेको अवसरमा १० जना कोरोना संक्रमितलाई प्लाज्मा दान गर्ने बताएको छ । बैंकले १० वर्ष पूरा गरेको अवसरमा कोरोना संक्रमित भई निको भएका १० जना कर्मचारीहरुबाट कोरोना संक्रमितलाई प्लाज्मा दान गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले जानकारी दिए ।

उनले बुधबार बैंकको १० औं वार्षिकोत्सवमा बोल्दै १० जना कर्मचारीबाट प्लाज्मा दान गर्ने बताएका हुन् । यस्तै उनले टुँडीखेलमा खाना खानेलाई १० दिन निःशुल्क खाना खुवाउने पनि जानकारी दिए । कम्तिमा १० जना कोभिड-१९ संक्रमितलाई बचाउन सकिन्छ भन्ने सोचले प्लाज्मा दान गर्न लागिएको उनले बताए । देशभर सिभिल बैंकका २ सय जना कर्मचारीहरु कोरोना संक्रमित भएका थिए । जसमध्ये एक जना सुरक्षा गार्डको निधन पनि भएको थियो ।