५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपले पाए अमेरिकाको भिसा



file-photo
अ+ अ-

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । आइसीसी विश्वकप लिग २ खेल्नका लागि सन्दीप लगायत अन्य खेलाडीहरुलाई अमेरिकी दूतावासले भिसा उपलब्ध गराएको हो ।

नेपाली टोली सो प्रतियोगिताका लागि मंगलबार राति नै क्यानाडा उडिसकेको छ । सन्दीप पनि टिमसँगै छन् ।

नेपालले सेप्टेम्बर १६ र २२ मा क्यानाडासँग र सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्ने छ । दुवै देशसँग नेपालले त्रिकोणात्मक टि २० सिरिज पनि खेल्ने छ । क्यानाडासँग सेप्टेम्बर २८ र अक्टोबर १ मा तथा ओमानसँग सेप्टेम्बर २९ र अक्टोबर २ तारिखमा नेपालले टि २० म्याच खेल्नेछ ।

क्यानडामा लिग २ खेलेपछि नेपाली टिम अमेरिका जानेछ । त्यहाँ नेपाल अमेरिका र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यसअघि अमेरिकामै आयोजना भएको टि–२० विश्वकप खेल्नका लागि सन्दीपले अमेरिकाको भिसा पाएका थिएनन् ।

दुई पटकको प्रयासमा पनि अमेरिकी दूतावासले उनलाई भिसा दिएको थिएन । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजित उक्त प्रतियोगितामा उनी वेस्ट इन्डिजमा भने उपलब्ध भएका थिए ।