१५ श्रावण २०८३, शुक्रबार
,
Latest
इरानमाथि अमेरिकी सेनाको नयाँ हवाई आक्रमण, सैन्य अखडाहरूमा व्यापक क्षति राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन ब्रड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोही टोली बेपत्ता सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता राष्ट्रियसभाको बैठक बस्दै धनुषामा कर्फ्यु जारी, दुई घण्टा अत्यावश्यक सामग्री खरिद गर्न निस्कन पाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुख काट्ने क्रममा रूखले च्यापेर भिमादमा एक जनाको मृत्यु



अ+ अ-

तनहुँ । तनहुँमा रुख काट्ने क्रममा आफैँले काटेको रूखले च्यापेर एक जनाको निधन भएको छ ।

भिमाद नपा–६ रङ्गशाला नजिक रहेको शिशौ घारीमा रुख काट्ने क्रममा आफैँले काटेको रूखले च्यापेर एक जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा भिमाद नपा ६ कुमालडाँडा फेदिका ५८ वर्षीय शेर बहादुर कुमाल रहेका छन् ।

बिहिबार बिहान करिब १०ः१५ बजे शिशौ घारीमा सुकेको रुख काट्ने क्रममा रूखले च्यापेर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि प्राथामिक स्वास्थ्य चौकी लगिएको ईलाका प्रहरी कार्यालय भिमादका इन्चार्ज उदयराज पौडेलले बताए ।

कुमालको घटनास्थलमै मृत्यु भएको प्राथामिक स्वास्थ्य केन्द्र भिमादले जनाएको छ ।