• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

रुख काट्ने क्रममा रूखले च्यापेर भिमादमा एक जनाको मृत्यु



तनहुँ । तनहुँमा रुख काट्ने क्रममा आफैँले काटेको रूखले च्यापेर एक जनाको निधन भएको छ ।

भिमाद नपा–६ रङ्गशाला नजिक रहेको शिशौ घारीमा रुख काट्ने क्रममा आफैँले काटेको रूखले च्यापेर एक जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा भिमाद नपा ६ कुमालडाँडा फेदिका ५८ वर्षीय शेर बहादुर कुमाल रहेका छन् ।

बिहिबार बिहान करिब १०ः१५ बजे शिशौ घारीमा सुकेको रुख काट्ने क्रममा रूखले च्यापेर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि प्राथामिक स्वास्थ्य चौकी लगिएको ईलाका प्रहरी कार्यालय भिमादका इन्चार्ज उदयराज पौडेलले बताए ।

कुमालको घटनास्थलमै मृत्यु भएको प्राथामिक स्वास्थ्य केन्द्र भिमादले जनाएको छ ।