१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजार ६४ दशमलव ७० अंकले बढ्यो



symbolic picture
अ+ अ-

काठमाडौं । शेयर बजारमा परिसूचक नेप्से झण्डै ६५ अंकले बढेको छ । साताको चौथो कारोबारको दिन बुधबार नेप्से परिसूचक ६४ दशमलव ७० अंकले बढेर १ हजार ८ सय ७४ दशमलव ८१ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि १२ दशमलव ९६ अंकले बढेर ३ सय ६२ दशमलव ३३ अंकमा बन्द भएको छ । दिनभर १ सय ९६ कम्पनीको ५ अर्ब १३ करोड १८ लाख ८६ हजार ४ सय ८८ रुपैयाँको १ करोड ४७ लाख ८९ हजार ३ सय ३ कित्ता शेयर खरिदविक्री भएको छ ।

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ । बैंक तथा वित्तीय संस्थामा ब्याजदर घट्नु, कम्पनीहरुको पहिलो त्रैमासको वित्तीय विवरण राम्रो निस्कनु, र कम्पनीहरुले लाभांश घोषणा गर्ने क्रम बढ्नुले लगानीकर्ताको मनोबल उच्च भएको देखिन्छ । त्यसैकारण बजारमा शेयरको माग बढ्न जाँदा परिसूचकले पनि नयाँ उचाई तय गर्दै गएको देखिन्छ ।

बुधबार कारोबारमा आएका समूह मध्ये होटल समूहको सूचक मात्रै घटेको छ । बाँकी सबै समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै व्यापार समूह ७ दशमलव ९३ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन समूह ७ दशमलव ३२ प्रतिशत, अन्य समूह ६ दशमलव ७२ प्रतिशत, लघुवित्त समूह ३ दशमलव ८६ प्रतिशत, निर्जीवन बीमा समूह ३ दशमलव ३१ प्रतिशत, बैंकिङ समूह २ दशमलव ९७ प्रतिशत, विकास बैंक समूह १ दशमलव ३७ प्रतिशत, फाइनान्स समूह १ दशमलव ७२ प्रतिशत, जलविद्युत समूह १ दशमलव ७१ प्रतिशत, जीवन बीमा समूह १ दशमलव ७४ प्रतिशत र म्युचुअल फण्ड समूह १ दशमलव ३५ प्रतिशतले बढेको छ ।

बुधबार सबैभन्दा धेरै कारोबार नेको इन्स्योरेन्सको संस्थापक शेयरको ४२ करोड २९ लाख ९८ हजार रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै दोस्रो धेरै कारोबार हुने कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । जसको २९ करोड ४४ लाख ८१ हजार रुपैयाँ बढीको कारोबार भएको छ । नबिल बैंकको पनि २३ करोड १९ लाख ४८ हजार रुपैयाँको शेयर खरिदविक्री भएको छ । बुधबार एनएमबि माइक्रोफाइनान्सक कम्पनीका शेयरधनी र बिशाल बजार कम्पनीका शेयरधनीले १० प्रतिशतले कमाएका छन् । नेपाल दुरसञ्चार कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, अजोड इन्स्योरेन्स, शिवम सिमेन्ट लगायतका कम्पनीका शेयरधनीले पनि झण्डै १० प्रतिशतले कमाएका छन् । बजारमा उच्च वृद्धि भएपनि लक्ष्मी इक्वुटी फण्डका इकाईधनीले सबैभन्दा धेरै ३ दशमलव ६८ प्रतिशतले गुमाएका छन् ।