• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

कोटिहोमको आय व्यय विवरण सार्वजनिकः आम्दानीभन्दा खर्च बढी भएको हिसाब



काठमाडौँ । पशुपति मन्दिरमा साउनमा एक महिनासम्म आयोजित कोटिहोममा आम्दानीभन्दा खर्च धेरै भएको विवरण सार्वजनिक गरिएको छ ।

कोटीहोम सकिएको झण्डै दुई महिनापछि आयोजक विजय कृष्णमुर्तिले आय व्यय विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक विवरणअनुसार ७२ लाख ऋण लागेको कृष्णमुर्तिले बताएका छन् ।

उनका अनुसार कोटीहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको थियो ।

यस्तै, कोटीहोमका लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको थियो । यस अनुसार ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको कृष्णमुर्तिले दावी गरेका छन् ।

यद्यपि, महायज्ञमा कबोल भएकोमध्ये डेढ करोडदेखि २ करोड रूपैयाँ उठ्न बाँकी रहेको भन्दै यो रकम आयो भने बचत हुने कृष्णमुर्तिले बताए ।

उनका अनुसार नगद रसिदबाट १७ करोड ४६ लाख ३७७ रुपैयाँ संकलन भएको थियो भने क्यूआर पेपेन्टबाट १ करोड ३६ लाख ७९ हजार ३४० रुपैयाँ उठेको थियो । यस्तै, दान पेटिकामा ४१ लाख ७७ हजार रूपैयाँ प्राप्त भएको उनले बताए ।