१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न प्रधानमन्त्रीको आग्रह

विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न प्रधानमन्त्रीको आग्रह
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न राजर्षिजनक विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको उक्त विश्वविद्यालयको आठौँ साधारणसभा बैठकमा प्रधानमन्त्री एवं कुलपति ओलीले सक्षम जनशक्ति तयारीका लागि देखिएका समस्याको समाधानका लागि संयुक्तरुपमा प्रयास केन्द्रित गर्नुपर्नेमा जोड दिनुुभएको हो ।

प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास र पृष्ठभूमिसँग जोडिएको जनकपुरमा रहेको सो विश्वविद्यालयले पाठ्यक्रम तयार गर्दा पूर्वीय दर्शनका साथै नेपाली दर्शन र यहाँका वैभवका विषयमा ध्यान दिन आग्रह गर्नुभयो । “नेपालको आफ्नै पौराणिकता छ । यसको आफ्नै गौरव छ । विश्वका कतिपय मुलुकहरु अस्तित्वमै नआएका बेला हाम्रो पुुर्खाहरु ज्ञान–विज्ञानको शास्त्रार्थ गर्दै थिए । हाम्रा असङ्गठित विश्वविद्यालयका रुपमा शिवलाई मानिन्छ । त्यस अर्थमा यस भूूभागले विश्वलाई प्रेरणा दिएको छ ।’’

बैठकमा विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, सहकुलपति एवं मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौडेल अधिकारीलगायत सहभागी हुनुुहुुन्थ्यो ।